अघिल्लो निर्वाचनमा कांग्रेस पराजित हुँदा देशमा भ्रष्टाचार बढ्यो: महत

दुई तिहाईको कम्युनिष्ट सरकार फुटेर कांग्रेसको नेतृत्वमा सरकार बनेपछि देशमा सुशासन कायम भएको दाबी उनले गरे। उनले नेपाली कांग्रेसका पालामा सडक,सिचाई, खानेपानी,विद्युतीकरण जस्ता पूर्वाधार विकासको अभियान तीव्र भएको स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि धेरै काम भएको दाबी गरे। 

नेपालभ्युज

अघिल्लो निर्वाचनमा कांग्रेस पराजित हुँदा देशमा भ्रष्टाचार बढ्यो: महत

नुवाकोट। नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वमन्त्री डा. प्रकाश शरण महतले अघिल्लो निर्वाचनमा कांग्रेस पराजित भएर देशमा भ्रष्टाचार बढेको बताएका छन्। नुवाकोटको ककनीमा स्थानीय तह निर्वाचन २०७९ केन्द्रित “घर घर जाऔं,कांग्रेस जिताऔं” अभियान अन्तर्गत प्रदेश क्षेत्र स्तरीय प्रशिक्षण कार्यक्रममा उनले कांग्रेस पराजित हुँदा देशमा भ्रष्टाचार बढेको र विकास प्रक्रिया अवरुद्ध भएको बताए।

दुई तिहाईको कम्युनिष्ट सरकार फुटेर कांग्रेसको नेतृत्वमा सरकार बनेपछि देशमा सुशासन कायम भएको दाबी उनले गरे। उनले नेपाली कांग्रेसका पालामा सडक,सिचाई, खानेपानी,विद्युतीकरण जस्ता पूर्वाधार विकासको अभियान तीव्र भएको स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि धेरै काम भएको दाबी गरे।

अघिल्लो निर्वाचनमा कांग्रेस पराजित भएर विकास सिथिल भएकाले अब आगामी निर्वाचनमा नेपाली कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने उनको भनाइ थियो। सबै वडा र पालिका जित्नेगरी तयारी गर्न निर्देशन दिँदै उनले जिल्ला तहका नेता तथा कार्यकर्ताहरूलाई अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसलाई मत नदिनेहरूको पनि पहिचान गरेर मत नदिनुको कारण पहिल्याएर आफ्नो पक्षमा जनमत बनाउन आग्रह गरे।

“नेपाली कांग्रेसले चुनाव जितेको समयमा जिल्लामा कति विकास आयोजना आएका थिए,कति सम्पन्न भए र कम्युनिष्टहरूले चुनाव जितेको ५ बर्षमा कति आयोजना आए,कति सम्पन्न भए?” उनले भने, “विगतमा थालिएका आयोजनाहरूको अवस्था के छ? त्यसको तुलना गर्ने हो भने आम नागरिकका बीचमा निर्वाचनमा नेपाली कांग्रेसका पक्षमा मत माग्न हामीलाई कुनै संकोच र अप्ठ्यारो मान्नु पर्ने अवस्था आउँदैन।”

उनले नेपाली कांग्रेसका पालामा सडक,सिचाई, खानेपानी,विद्युतीकरण जस्ता पूर्वाधार विकासको अभियान तीव्र भएको स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि धेरै काम भएको दाबी गरे।

यस्तै उनले एमसीसी झलनाथ खनालको नेतृत्वमा सरकार रहेको बेला सहमति भई त्यसपछिका सबै सरकारले अघि बढाउँदै आएकाले यसमा विवादित विषय नरहेको बताए। एमसीसी नितान्त सहयोग परियोजना भएको दाबी गर्दै उनले कम्युनिष्टहरूले अमेरिकी सेना आउनेलगायतका भ्रम फैलाएकाले त्यसमा विश्वास नगर्न अनुरोध गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved