धनुषा: कांग्रेस सभापतिमा निधि समूहका पजियार निर्वाचित

पार्टी सभापति शेरबहादुर देउवा समूहका सन्तोष यादवलाई पराजित गर्दै पजियार सभापतिमा निर्वाचित भएका हुन्।

नेपालभ्युज

धनुषा: कांग्रेस सभापतिमा निधि समूहका पजियार निर्वाचित

जनकपुरधाम। नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनबाट विमलेन्द्र निधि समूहबाट पजियार निर्वाचित भएका हुन्।

पार्टी सभापति शेरबहादुर देउवा समूहका सन्तोष यादवलाई पराजित गर्दै पजियार सभापतिमा निर्वाचित भएका हुन्।

शुक्रबार अबेर राति आएको मतपरिणामअनुसार पजियार ६८९ को फराकिलो मतान्तरले निर्वाचित भएका हुन्। कुल खसेको २ हजार ८१४ मतमध्ये पजियारले १ हजार ७३५ र यादवले १ हजार ४६ मत प्राप्त गरेका छन् भने ३३ मत बदर भएको निर्वाचन अधिकृत अरूण कुमार ज्ञवालीले जानकारी दिए।

३ हजार ११९ मतदाता रहेकोमा दोस्रो चरणको निर्वाचनमा २ हजार ८१४ मत खसेको थियो।

सोमबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि प्रत्याशीले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणमा पजियार र यादवबीच प्रतिस्पर्धा भएको हो। पहिलो चरणमा नतिजा आउन नसकेपछि दोस्रो चरणका लागि शुक्रबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो।

पहिलो चरणको निर्वाचनमा संस्थापन ईतर निधि समूहका पजियारले सर्वाधिक मत ल्याउँदा यादव दोस्रो स्थानमा थिए। तेस्रो स्थानमा मत ल्याउने नेता शेखर कोइराला निकट दिनेश प्रसैला दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

दोस्रो चरणको निर्वाचनमा बाहिरिएका प्रसैलाले निधि समूहका पजियारलाई समर्थन गर्ने घोषणा गरेका थिए। दोस्रो चरणको निर्वाचनमा पजियारले निधिका साथै पूर्वमन्त्री रामकृष्ण यादव र कांग्रेस केन्द्रीय सदस्य डा।चन्द्रमोहन यादवको साथ पाए।

उता देउवा समूहका उम्मेदवार यादवलाई सहमहामन्त्री महेन्द्र यादव र केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको साथ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved