मेरो पुनर्जन्म हुँदैन

यदि आत्मा दिमागभन्दा बाहिर रहेर पुनर्जन्म लिन सक्छ भने हाम्रो ग्रहमा जिन्दगी शुरु हुनुभन्दा पहिला त्यो कहाँ थियो ?

मेरो पुनर्जन्म हुँदैन

पुनर्जन्म, म यो विचारमा सहमत छुइनँ- मेरो जीवन मेरो शरीरको कुनै विशेष विन्दुमा अडिएको छ। मेरो शरीरका सबै जीवित कोशिकाहरूमा जीवन छ र अक्सिजनको सहायताले ती कोशिकाहरूमा हरेक समय रसायनिक क्रिया भइरहन्छन्। त्यस्तो रसायनिक क्रिया रगतको प्रवाह र श्वासद्वारा गतिमान हुन्छ। जब श्वास र रगतको प्रवाह बन्द हुन पुग्छ, तब मेरो मृत्यु हुन्छ। यदि कुनै आधुनिक विधिद्वारा मेरो मृत शरीरलाई फेरि पनि जीवित गरिन्छन् भने, यस्तो कुरा सोच्नु मुर्खता मात्र हुनेछ- एकअर्काद्वारा अलग्गिएको जीवन वा आत्माले मृत शरीरमा फेरि पनि प्रवेश गर्दछ।

मेरो मृत्यु अचानक, कुनै विशेष समयमा हुँदैन। मैले जन्मेदेखि नै मृत्युलाई स्वीकार्दै आइरहेको छु। जुन दिन म जन्मिएको थिएँ, मेरो शरीरको आठौँ भाग नालको रूपमा समाप्त भइसकेको थियो। मेरो शरीरमा प्रत्येक लाखौं कोशिकाहरू उत्पन्न हुन्छन् र लाखौं कोशिकाहरू मर्दछन्। मेरो शरीरका मरेका कोशिकाहरू अधिकांश कपाल, छाला, नङ र दाँतको माध्यमद्वारा मेरो शरीरबाट बाहिर निस्कन्छन् र लाखौं आन्तरिक कोशिकाहरू पिसाब र पसिनाको रुपमा शरीरबाट बाहिर निस्कन्छन्।

मेरो ७० वर्षीय शरीरका अधिकांश भाग दूर्घटनामा घाउ हुँदा, ब्याक्टेरिया र जीवाणुको बिमारीबाट, शारीरिक तथा मानसिक कार्य गर्दा, सूर्यको किरणले गर्दा र प्रयोगशालामा काम गर्दाका समयमा शरीरमा टाँसिएको अमिलोपनबाट नष्ट भइसकेका छन्।

एकपटक मेरो शरीरको एउटा भाग अप्रेसनको क्रममा काटियो। मेरो शरीरको एउटा सूक्ष्म कोशिका ४० वर्षपूर्व मेरो शरीरबाट अलग्गिएर एक बाह्य कोशिकासँग मिलेर ठूलो हुन थाल्यो। त्यो अब पनि पेरिसमा डा. ऐरिक कोवूरको नामबाट फलिफुलिरहेको छ।

म युवावस्थामा छँदाका दिनहरूमा मेरो शरीरका कोशिकाहरू उत्पत्ति हुने दर कोशिकाहरू मर्नेभन्दा कैयौं धेरै थियो। त्यही कारण मेरो शारीरिक वृद्धि हुँदै गयो। ४० वर्षको अन्तसम्ममा म १८५ पाउन्डसम्म भएँ। त्यस क्रममा मेरा शरीरका कोशिकाहरू उत्पत्ति हुने दर मेरा कोशिकाहरूको मृत्यु हुने दरजत्तिकै बरावर रहन थाल्यो। त्यसपछि कोशिकाहरूको मृत्यु हुने दर उत्पत्ति हुने दरभन्दा बढ्दै गयो र अब मेरो वजन पहिलेभन्दा धेरै कम १२५ पाउन्ड भइसकेको छ। ती सबै कोशिकाहरूको वजन, जुन मरेर मेरो शरीरबाट अलग भए, त्यो लाखौं पाउन्ड हुन आउँछ। मृत्युको यो प्रक्रिया तबसम्म जारी रहन्छ, जबसम्म मेरो शरीरमा कोशिकाहरू उत्पत्ति हुने क्रिया समाप्त हुँदैनन्।

श्वास भिन्न हुँदैन

मेरो अन्तिम सास मैले अहिले फेरिरहेको सासभन्दा कुनै पनि हिसाबले बेग्लै हुँदैन। म जीवनको अन्तिम क्षणसम्म पनि अहिलेजस्तै आफूले फेरेको सासबाट कार्बनडाइअक्साइड र पानीको कण बाहिर निकाल्ने छु।

मलाई यो कुरामा विश्वास छैन, मेरो मृत्युपछि ममा कुनै जीवित आत्मा हुनेछ। म नर्क वा स्वर्गमा जाउँला वा म एउटा प्रेतजस्तै भट्किइरहुँला, ताकि मैले पुनर्जन्म लिन सकूँ।

यदि कुनै आत्मा हुन्छ भने त्यसको धेरैजसो भाग ती कोशिकाहरूसँगै मेरो शरीरबाट बाहिर निस्कन्छन्, जुन कोशिकाहरूले मलाई पहिले नै छाडेर गइसकेका छन्। केही भाग ती व्यक्तिहरूसँगै जानेछन्, जो मेरो मृत्युपछि मेरो आँखा कसैले प्रयोग गरेका छन्।

म एक विकसित प्राणी हुँ। किनभने, मभित्र मस्तिष्क, श्वास प्रणाली, रक्त-चक्र प्रवन्ध वा अन्य प्रणाली मौजुद छन्। जब म आफ्नी आमाको गर्भभित्र थिएँ र त्यतिबेला मेरा अंग प्रणालीले काम गर्न शुरु गरेका थिएनन्, तब पनि म अनेक निम्न जीव र बिरुवाजस्तै थिएँ। मेरी आमाको गर्भमा, यदि मेरो जीवनको प्रारम्भिक कोशिकाहरू दुई भागमा बाँडिन पुगेको थियो भने मेरो एक वा दुई जुम्ल्याहा भाइ-बहिनी जन्मिन्थे र मेरो पहिलो आत्मा वा व्यक्तित्व एक वा दुई भागमा विभाजित हुन पुग्थ्यो।

यद्यपि, यो सिद्धान्त पूरै ठीक वा तर्कसंगत छ। परन्तु फेरि पनि ती व्यक्ति, जसको दिमागलाई आत्मा वा पुनर्जन्मले प्रभावित तुल्याएको छ, यो सिद्धान्तलाई पूरै अस्वीकार गर्दछन्, किनभने यो सिद्धान्त धर्मको कथनानुसार अनुकूल छैन। एउटा सत्य के हो भने, सबै धार्मिक शिक्षा यसमा आधारित छन्, मृत्युपछि पनि जीवनको अस्तित्व रहन्छ। तर, यसमा विश्वास गर्नका लागि मसँग न कुनै कारण छ, न कुनै ठोस आधार नै।

मानसिक विकासको अन्तर

जब मैले बेसले कलेजमा भाषण दिएँ, एक अध्यापक-स्रोताले मलाई सोधे, पुनर्जन्मको बारेमा तपाईको के विचार छ ? मेरो प्रार्थनाको समय एक व्यक्तिले मेरो कारमा चुरोटको बट्टा लिएर आए। त्यो बट्टामा टाउको नभएको एउटा कीरा थियो। १६ दिनपछि पनि टाउको नभएको त्यो कीरा नाच्न, कुद्न थालेको थियो। यदि, पुनर्जन्मको लेस मात्र सत्य थियो भने, १६ दिनअघि टाउको काटिएको कीराको शिरले कुनै अन्य स्थानमा पुनर्जन्म लिइसक्थ्यो। र, उसको शरीर, जुन केही दिनपछि नै मर्दै थियो, त्यसले कहीं पुनर्जन्म लिइसकेको हुन्थ्यो। एउटै जीवको दुई स्थानमा कसरी पुनर्जन्म हुन्छ ?

एउटा कीरा, एउटा मानिस र एउटा बिरुवाको जिन्दगीमा कुनै आरम्भिक अन्तर छैन। अन्तर केवल मानसिक विकासको मात्र हो, न कि जिन्दगीको। जसरी-जसरी दिमागको विकास हुन्छ, मनको गुण परिवर्तित हुँदै रहन्छ। आलुको बिरुवामा दिमाग हुँदैन, कीराहरूमा नाम मात्रको दिमाग हुन्छ। तर, मानिसको दिमाग पूरै विकसित दिमाग हो।

मिस्टर सोन नामका एकजना व्यक्तिका अनुसार, कोशिकाहरूले युक्त जिन्दगी वा दोस्रो जिन्दगीमा अन्तर छ, जसलाई उनी जिन्दगीको ‘अर्क’ बताउँछन्। उक्त जिन्दगीको बारेमा उनको धारणा के छ भने, यो समय र स्थानहुँदै गुज्रिँदै जान्छ र अन्तिममा त्यस्तो अवस्थामा पुग्दछ, जब त्यसको अस्तित्व रहँदैन।

आरम्भिक भिन्नता छैन

म यो कुरा सम्झिन सक्दिनँ, यस्तो जीवनको- जसको अस्तित्व रहँदैन- एक ‘सदाजीवित जीवन’ कसरी बताउन सकिन्छ ? जिन्दगी चाहे एक कोशिकाबाट उत्पत्ति भएको होस् र धेरैबाट, यो उही नै हुन्छ। शिरविनाका कीराले कोशिकाहरू पैदा गर्न जारी राख्न सक्दैनन्, तथापि उनको दिमाग पनि नाममात्रको हुन्छ। यिनको शरीरमा एउटै ठाउँमा धेरै नाडी केन्द्र हुन्छ। यदि मैले उक्त कीराको दुई बिना शिरको पुरुष र महिलालाई राखेँ भने र तिनीहरूमा गर्भधारण क्रिया हुँदा भने महिलाले अवश्य नै अण्डा दिन्छन् र त्यो अण्डाबाट अवश्य नै शिर भएको कीरा पैदा हुनेछ। ऊ गर्भधारण क्रियाप्रति सजग हुन्छ। किनभने उसको दिमाग हुन्छ, त्यो नाम मात्रको नै किन नहोस्।

प्रारम्भिक अवस्थामा गर्भधारण

एक श्रीमान वीररत्नले भने कि, ‘जिन्दगीको प्रारम्भिक अवस्थामा गर्भधारण क्रियाबाट जन्म, पुनर्जन्ममा सामेल हुँदैन।’ मलाई यो कुरा थाहा छैन, उनको व्याख्याको वैज्ञानिक आधार के हो ? उनी भन्दछन्, ‘पुनर्जन्म त त्यस्तो जीवमा हुन्छ, जसको दिमाग धेरै विकसित छ।’ शायद, ती व्यक्तिलाई यो कुरा थाहा छैन- सीलेंट्रेटा नामक एउटा यस्तो जीव हुन्छ, जसलाई धेरै भागमा विभाजित गर्न सकिन्छ। त्यो जीवका हरेक टुक्रा जीवित रहन्छन् र त्यो टुक्रा सीलेंट्रेटा बन्दछ। के यसरी पैदा भएको सीलेंट्रेटामा उसका माता-पिताका कुनै पनि भाग हुन्छ होला ? यदि स्त्री-पुरुषमा मैथुनका समय शुक्राणु चार भागमा विभाजित भए भने के उसको माता-पिताको थोरै भाग उसमा पनि हुन्छ ? यो कति गलत विचार छ।
मिस्टर लियानेज नामक एक व्यक्तिले पुनर्जन्मसम्बन्धी बच्चामा लैंगिक अन्तरबारे सिद्ध गर्ने प्रयत्न गरे। लैंगिक अन्तरको व्याख्या, कर्म र पुनर्जन्मको साटो उत्पत्ति-विषयक शास्त्र एवं वंश परम्पराबाट प्राप्त गुणहरूबाट ठीक ढंगले गर्न सकिन्छ। मनुष्यको नश्लको चयन गर्ने विधिबाट घरेलु पशुहरूमा धेरै नै सुधार गर्ने कार्य सफल भए। यो तरिकाबाट कुखुरा र गाईको प्रकारहरूमा सुधार गर्न सकियो। यी सबै केही जनन क्रिया वा वंश परम्परा विज्ञानको क्षेत्रमा मनुष्यको ज्ञानको कारण सम्भव भएको थियो। पशुहरूको गुणको परिवर्तन शुक्राणुबाट एवं डीएनएको अणुबाट मनुष्य हुन्छन्, न कुनै कर्मबाट।

परिवर्तन ज्ञानको कारण

त्यो समय टाढा छैन, जब मानव प्रजनन क्रियासम्बन्धी आफ्नो ज्ञानबाट आफ्नै नश्ल सुधार्ने प्रयत्न गर्नेछन्। रक्त बैंकजस्तै वीर्य बैंक पनि सबै देशहरूमा खोलिने सम्भावना छ, ताकि असल गुण भएको पुरुष र नारीको वीर्य सुरक्षित राख्न सकियोस्। श्रीलंकाका व्यक्तिहरूमा अधिकांश पुनर्जन्ममा विश्वास राख्छन्। के हाम्रो सरकार कृषि वा पशुसम्बन्धी अनुसन्धानको विकासको यस्तो अनुदेश देला कि, उनीहरू बिरुवा र पशुहरूमा मौजुदा नश्लमा सुधारको साटो पछिल्लो कर्मका अनुसार नश्लको चयन गर्दछन् ?

यो कुरा भन्ने गरिन्छ कि, बच्चाहरूमा पछिल्लो जन्मको स्मरण हुन्छ। यो कुरा त्यति नै गलत छ, जति पुनर्जन्मसम्बन्धी खोज गर्ने प्रोफेसर इयान स्टीवेंसन, प्रोफेसर एच. एन. बनर्जी एवं श्री गुणरत्नेका कथन छ कि- पुनर्जन्ममा अनुहारको आँखा, नाक, रंग-रूप, घाउको खत इत्यादि त्यही नै रहन्छन्। यदि यो कुरालाई सत्य मान्ने हो भने आँखा दान गर्ने सोसाइटीका लागि यो धेरै नै घातक सिद्ध हुन्छ। आगामी जन्ममा अन्धा हुने डरले मानिसहरू आँखा दान गर्नै डराउँछन्।

नश्लको चयन

यदि यो दावी सत्य निस्कियो कि, गणितको ज्ञान पछिल्लो जन्मबाट प्राप्त हुन्छ। यस्तो हो भने त्यो दिन टाढा छैन, जुन दिन एउटा गधा (जसलाई पछिल्लो जन्ममा धेरै गणितको ज्ञान थियो) श्रीलंका विश्वविद्यालयमा गणितको प्राचार्यको कुर्सीमा विराजमान हुनेछ।

बच्चाले पछिल्लो जन्मका कुरा सम्झना गर्छन् भन्ने कहानी बिल्कुल कल्पित मानेर त्याग्नु आवश्यक छ। जुन व्यक्तिले वैज्ञानिक रुपमा यो कुराको खोज-अनुसन्धान गरे, उनीहरूले यस्तो कहानी बिल्कुल असत्य छ र यसको पछाडि अवश्य नै कुनै न कुनै धोका छ भन्ने ठहर्‍याए।

अमेरिकाको प्रसिद्ध खोजी सयरेग डी. क्याम्पले आफ्नो पुस्तक ‘आत्मा, कलाकार र जादु टुनामा’ बराईडे, मर्फी र सिमंदनीको मामलालाई जसले पटकपटक पुनर्जन्मको प्रमाणको रुपमा मानिन्थ्यो, त्यो धोका सावित भयो।

मिस्टर लियानेज, (जसलाई जीव विज्ञानबारे थोरै ज्ञान छ) यस्तो धारणा राख्छन्, पुनर्जन्मका लागि पहिलो शर्त जीवित दिमाग हो। नयाँ खोजअनुसार, शरीरलाई मृत्युभन्दा पहिला वा मृत्युको तुरुन्तै बरफमा जमाएर शताब्दीयौंपछि पनि पुनजीर्वित गर्न सकिन्छ। के त्यस जीवको आत्मा अरू जीवमा सर्दछ वा त्यही जीवमा फिर्ता आउँछ ? के जमेको वस्तुको दिमाग शताब्दीयौंसम्म जीवित रहन्छ ? यो कति मुर्खतापूर्ण तर्क हो।

मृत्यु जीवनको अन्त्य हो

यो कुरा भनिन्छ, कुनै पनि व्यक्तिको विचार उसको मृत्युपश्चात् पनि उसको शरीरमा रहन्छ। यो कुरा यति गलत छ कि, कुनै व्यक्तिको जिन्दगी उसको कोटमा छ, जसले मर्नुभन्दा अघि पहिरिएका थिए। जसरी आगो इन्धनबिना बल्न सक्दैन, त्यसरी नै जिन्दगी पनि दिमाग, शरीर वा शिरा प्रबन्धबिना रहन सक्दैन। मृत्यु जीवनको अन्त्य हो।

झुठो कथा

यदि आत्मा दिमागभन्दा बाहिर रहेर पुनर्जन्म लिन सक्छ भने हाम्रो ग्रहमा जिन्दगी शुरु हुनुभन्दा पहिला त्यो कहाँ थियो ? के विचारशील व्यक्तिभन्दा बिना कहिल्यै विचार, स्मरणशक्ति, व्यक्तिबिना चेतना जीवित रहन सक्छ ?

कथित ‘आत्मा’ जिन्दगी र दिमागको मेल हो, किनभने जिन्दगी र दिमाग शरीरबिना रहन सक्दैन। तसर्थ असमाप्त कुनै जिन्दगीबारे कुरा गर्नु मुर्खता हो। महात्मा बुद्धले यो सत्य जानेका थिए र २५ सय वर्षअघि नै उनले यो कुराको प्रचार गरेका थिए।

यो दुःखद कुरा हो, पुनर्जन्ममा ब्राम्हणहरूको विश्वास रह्यो, जो महात्मा बुद्धको ज्ञानको विरोधी थिए र उनको मृत्युपछि यो विचार प्रचलित भयो।

(प्रसिद्ध वैज्ञानिक एवं मनोचिकित्सक डा. कोवूरको यो आलेख ‘कादम्बिनी’ को जुन २००६ को अंकबाट भावानुवाद गरिएको हो। श्रीलंका रेशनलिस्ट एसोसियसनका संस्थापक अध्यक्ष रहिसकेका डा. कोवूरले झन्डै आधा शताब्दीसम्बन्धी चमत्कारसम्बन्धी अध्ययन गरेका थिए। यो आलेखको भावानुवाद विवश वस्तीले गरेका हुन्।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved