एमसीसी पारित भएको विरोधमा कर्णाली प्रदेशका माओवादी प्रमुख सचेतकद्वारा पार्टी परित्याग

नेपालभ्युज

एमसीसी पारित भएको विरोधमा कर्णाली प्रदेशका माओवादी प्रमुख सचेतकद्वारा पार्टी परित्याग

सुर्खेत । नेकपा(माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद् तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी तथा सांसद् पद परित्यागको घोषणा गरेका छन्। काठमाडौंका रहेका बिष्टले पत्रकार सम्मेलन गर्दै सांसद् बिष्टले पार्टी परित्यागको घोषणा गरेका हुन्।

माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्य-मान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको उनले बताए। ”पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको छु।”

पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई बिरोधमा सडकमा उतार्ने र आफुले पर्दा पछाडी अनेक खालका चलखेल गरेको आरोप लगाए।

कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved