माइतीघरमा हाइब्रिड धानपीडित किसानको आन्दोलन

नेपालभ्युज

माइतीघरमा हाइब्रिड धानपीडित किसानको आन्दोलन

काठमाडौं। डिवाई २८ नामक हाइब्रिड धानबाट भएको क्षतिपूर्तिको माग राख्दै अखिल नेपाल किसान महासंघले विरोध प्रदर्शन गरेको छ।

शुक्रबार माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्दै सरकारबाट समयमै क्षतिपूर्ति नपाएको भन्दै पीडित किसानहरूले पुनः आन्दोलन शुरु गरेका छन्।

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै अखिल नेपाल किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले सरकारले साना किसानलाई धानबाट भएको क्षेतिको सतप्रतिशत क्षतिपूर्ति दिनु पर्ने बताए। उनले पीडित किसानलाई सतप्रतिशत क्षतिपूर्ति सहित राहतको कार्यक्र घोषणा गर्नु पर्ने माग राखे।

अध्यक्ष डङ्गोलले अहिले सरकारका किसानको लागि मल ल्याउने निकाय विगत लामो समय देखि निक्मा भएर बसेको बताए। किसानहरूले मल अभावको समस्या नियति नभएर सरकार निक्माको परकाष्ठ भएको दाबी गरे।

महासंघ उपत्यका समन्वय समितिले सरकारलाई तत्काल पीडित क्षतिपूर्तिको व्यवस्था गर्न माग राखेका छन्। समयमै मल, बिउ र कृषि सूचना नदिएको सरकारले क्षतिपूर्ति नदिएर थप पीडित बनाएको पीडित किसानले गुनासो गरे।

तत्काल क्षतिपूर्तिको व्यवस्था नभए कृषि ज्ञान केन्द्र र कृषि बिउ बिजन कार्यालयहरूमा ताला लगाउने चेतावनी किसानहरूले दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved