अटो भाडामा विवाद: दुई भाइ मिलेर गरे भारतीय नागरिकको हत्या

दिनभरि आइसक्रिम बेचेर बेलुका आफ्नो काम गरेको ज्याला लिएर आफन्तको घरमा फर्किएका गुप्ता धनगढीको अदालत रोडनजिक आफन्तको घरमा गए। त्यहाँबाट राति नै निस्किएका उनको अर्को बिहान शव फेला पर्‍यो।

अटो भाडामा विवाद: दुई भाइ मिलेर गरे भारतीय नागरिकको हत्या

धनगढी। भारतको उत्तरप्रदेशस्थित शाहजापुरा ४२ वर्षीय कुलदीप गुप्ता २१ फागुनमा धनगढी पुगे। श्रीमतीसँग झगडा भएर भारतबाट नेपाल आएका गुप्ता त्यो रात धनगढी उपमहानगरपालिका–८ स्थित आफ्नो कान्छो भाइ सुनिल गुप्ताको घरमा बसे।

केही बर्षदेखी शिवपुरीधामनजिकै डेरा गरी सामान्य काम गर्दै आएका गुप्ता कोरोना महामारीको समयमा परिवारसहित भारत गएका उनी पछि पुन: रोजगारीका लाागि नेपालै फर्किएका थिए। भारतबाट काम खोज्न नेपाल आएका गुप्ता २२ फागुनमा काम खोज्दै निस्किए, धनगढीकै एक आइसक्रिम उद्योगमा काम पनि पाए।

दिनभरि आइसक्रिम बेचेर बेलुका आफ्नो काम गरेको ज्याला लिएर आफन्तको घरमा फर्किएका गुप्ता धनगढीको अदालत रोडनजिक आफन्तको घरमा गए। त्यहाँबाट राति नै निस्किएका उनको अर्को बिहान शव फेला पर्‍यो।

करीब एक सातादेखि उक्त विषयमा अनुसन्धान गरिररहेको प्रहरीले सामान्य अटो भाडाको विषयमा विवाद हुँदा उनको हत्या भएको तथ्य सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अटो भाडाको विषयमा विवाद हुँदा उनको हत्या भएको अनुसन्धानबाट खुलेको छ।

सीसीटीभी क्यामेरामा देखिएको फुटेजअनुसार आफन्तको घरबाट निस्किएपछि उनले राति १२ बजे पार्कमोडमा अटोरिक्सामा चढेर गएको देखिएको छ। उक्त अटोको अगाडि सिटमा चालकसहित दुई जना बसेर सवार गरिरहेको सीसीटीभी फुटेजमा देखिएको छ।

गुप्ता पनि अगाडिकै सिटमा बसेपछि उनीहरू तीनै जना नैनादेवी मन्दिर हुँदै धनगढी उपमहानगरपालिका–६ जाईतर्फ गएको देखिएको छ। त्यहाँबाट केही अगाडि शिवनगरमा चालक र उनीबीच अटो भाडाको विषयमा विवाद भएको र उक्त विवाद चर्किँदै जाँदा अटोचालक राजेन्द्र बुढा र अटोरिक्सामै सवार चालकका भाइ भुपेन्द्र मिलेर गुप्ताको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख उपरीक्षक(एसपी) विश्व अधिकारीले बताए।

सीसीटीभी फुटेजका आधारमा अनुसन्धान शुरु गरेको प्रहरीले शुक्रबार से १ घ २८६६ नम्बरको अटो पहिचान गरि बाजुराको छेडेदह २ घर भएका अटोचालक राजेन्द्र र उनका भाइलाई नियन्त्रणमा लिएको हो। दुई भाइ मिलेर भारतीय नागरिक गुप्ताको गालापट्टिको भाग र कञ्चटमा काठको डण्डीले प्रहार गरी एसपी अधिकारीले बताए।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved