पूर्वराष्ट्रिय खेलाडी सहभागी श्रीलंकन टिमसँग भिड्दै नेपाल

नेपाल भ्युज

पूर्वराष्ट्रिय खेलाडी सहभागी श्रीलंकन टिमसँग भिड्दै नेपाल

काठमाडौं। श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज श्रीलंकको संयुक्त ११ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ। श्रीलंकाको यो टिममा पूर्वराष्ट्रिय खेालाडीहरूको समेत सहभागिता रहेको छ।

श्रीलंकाको यो टिममा पूर्वकप्तान तथा ओपनर उपल थराङ्गा तथा विश्वकप विजेता अलराउन्डर तथा पूर्वकप्तान थिसारा परेरालगायत आधा दर्जनभन्दा बढी राष्ट्रिय टिमका खेलाडी छन्।

खेलमा टस जितेर श्रीलंकन ११ ले पहिले ब्याटिङ रोजेको छ। अर्को सातादेखि यूएईमा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गतको सिरिजको तयारीका लागि अभ्यास खेल खेल्न श्रीलंका गएको हो।

यसअघि नेपालले श्रीलंकन नेभीसँगको दुई खेल र श्रीलंकन पुलिससँगको एक खेल जितिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved