रुकुममा लुकाइराखेको अवस्थामा करीब एक दर्जन सकेट बम फेला

बम डिस्पोजका लागि नेपाली सेना नर्सिङ्ग दल गुल्मको टोली  घटनास्थलमा गएको छ।

नेपालभ्युज

रुकुममा लुकाइराखेको अवस्थामा करीब एक दर्जन सकेट बम फेला

काठमाडौं। पूर्वी रुकुमको एक ओढारमा लुकाइराखेको अवस्थामा करीब एक दर्जन सकेट बम फेला परेको छ।

सिस्ने २ बुर्किसल्लाको जंगलबीचको एक ओढारमा प्लास्टिकको कालो ड्रममा लुकाइराखेको अवस्थामा ठूलो मात्रामा सकेट बम भेटिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक जितेन्द्र बानियाँले जानकारी दिए।

ड्रमभित्र करीब एक दर्जन बम भएको अनुमान गरिएको छ। बम डिस्पोजका लागि नेपाली सेना नर्सिङ्ग दल गुल्मको टोली  घटनास्थलमा गएको जानकारी बनियाँले दिए।

बम पुराना भएकाले माओवादी सशस्त्र संघर्षकालीन हुनसक्ने अनुमान गरिएको छ। जंगलमा गाई चराउन गएका केही व्यक्तिले शुक्रबार बिहान बम देखेपछि वडाअध्यक्षलाई जानकारी गराएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved