ताप्लेजुङको सदरमुकाममा आगलागी

आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन्।

नेपालभ्युज

ताप्लेजुङको सदरमुकाममा आगलागी
सांकेतिक तस्वीर।

ताप्लेजुङ। ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित कोप्चेमा आगलागी भएको छ। कोप्चे बजारमा रहेको मासु पसलनजिकैको एक घरबाट अचानक आगलागी शुरु भएको छ।

स्थानीयवासीका अनुसार अहिले बिहान ८ बजे अचानक आगलागी शुरु भएको थियो। आगलागीबाट एक घर जलेको छ भने आगो नियन्त्रणमा आइसकेको छैन। आगलागी नियन्त्रणका लागि स्थानीय र सुरक्षाकर्मी खटिएका छन्। आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ। जस्ताले छाएको घरमा आगलागी भएका कारण आसपासका घरसमेत जोखिममा परेका छन्।

आगो अन्यत्र सल्किए कोप्चेबजार पूरै जोखिममा पर्ने देखिन्छ। थप विवरण आउन बाँकी छ। प्रायः वर्षेनी आगलागीको चपेटामा पर्दै आएको सदरमुकाममा यस वर्ष सुक्खायाम लागेसँगै बजार क्षेत्रमा यो नै पहिलोपटक आगलागीको घटना भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved