गोविन्द गौतम स्मृतिः भारतले कब्जा गर्न खोजेको प्यारातालमा नेपाली झण्डासहित डुंगा

भारतीय पक्षद्वारा डोकेबजारमा ‘सीमा रेखा पूजन’

झण्डै दुई दशकदेखि नै भारतले कब्जा गर्न खोजेको सुन्दर प्यारातालमा नेपाली युवाहरूले डुंगा सञ्चालन गरेका हुन्।

गोविन्द गौतम स्मृतिः भारतले कब्जा गर्न खोजेको प्यारातालमा नेपाली झण्डासहित डुंगा

धनगढी। भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागि सहादत प्राप्त गरेका शहीद गोविन्द गौतमको पाँचौं स्मृति बिहीबार थियो।

बिहीबार शालिक निर्माणस्थलमै पुगेर पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापालगायत जनप्रतिनिधिले शालिकमा माल्यार्पण गरेका थिए। शालिकमा माल्यार्पणपश्चात् शहीद गौतमका बुवालाई नगरप्रमुख थापाले नगद पाँच हजार र दोसल्लासहित सम्मान गरेका थिए।

स्मृति सभामा नगरप्रमुख थापाले भारतले नेपाली भूमि हस्तक्षेप गर्न खोज्दा भूमी रक्षाका लागि ज्यानै फाल्न तयार भएका शहीद गोविन्द गौतमलाई सधैं स्मरण गर्दै सम्मान गरिने बताए।

देशको भूमी जोगाउन ज्यानको आहुति दिएका शहीद गौतमको सपना हामी सबै नेपालीले साकार पार्नुपर्ने उनले बताए।

२६ फागुन २०७३ मा पुनर्वास नगरपालिका-४ सीमा नजिकै नालामा (कल्वर्ट) निर्माण गर्न खोज्दा विवाद चुलिएर गौतमले सहादत प्राप्त गरेका थिए। घटनाको पाँच वर्ष बितिसक्दा पनि सीमा विवाद समस्या समाधान हुन सकेको छैन।

यस्तै शहीद गौतमको पाँचौं स्मृति दिवसको अवसरमा पुनर्वास नगरपालिका स्थित प्यारातालमा नेपाली झण्डासहितको डुंगा सञ्चालनमा आएको छ। झण्डै दुई दशकदेखि नै भारतले कब्जा गर्न खोजेको सुन्दर प्यारातालमा नेपाली युवाहरूले डुंगा सञ्चालन गरेका हुन्।

तालमा आफ्नै लगानीमा काठको डुंगा निर्माण गरी नेपालको झण्डा फहराउँदै सञ्चालनमा ल्याएका छन्। पुनर्वास नगरपालिका ५ का राम रोकाया, पुनर्वास ८ का ज्ञानसिंह हमाल, लक्ष्मण भुसाल र पुनर्वास-९ का बब्लु बस्नेतले सो डुंगा सञ्चालनमा ल्याएका हुन्।

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई प्यारातालमा अवलोकनका लागि आकर्षण गर्न डुंगा सञ्चालन गरेका उनीहरूले बताएका छन्। पर्यटकहरूलाई निःशुल्क डुंगा चढ्ने व्यवस्था मिलाइएको छ।

भारतीय पक्षद्वारा डोकेबजारमा ‘सीमा रेखा पूजन’

कैलाली-कञ्चनपुर जोड्ने भारतीय सीमा क्षेत्र डोकेबजारमा भारतीय पक्षले ‘सीमा रेखा पूजन’ गरेका छन्।

भारतको उत्तरप्रदेश पलिया कला खिरीका स्थानीयसहित भारतीय सुरक्षाकर्मी ब्यानरसहित नेपाल-भारत पिल्लर ७५३-१७१ नम्बरमा पुगेर ‘सीमा रेखा पूजन’ गरेका हुन्।

ब्यानरसहित उभिएका सुरक्षाकर्मी, पलियाकलाका नागरिकहरूको उपस्थितिमा सोही पिल्लरमा फूलमाला चढाई, नरिवल फोडी, टीकाटालो लगाएर भव्यताका साथ पूजा गरिएको थियो। पूजापश्चात त्यहाँ उपस्थित सोही नागरिकलाई प्रसाद ग्रहण गराइयो थियो।

मन्दिर, मस्जिद, चर्चमा पुगेर पूजापाठ गर्ने परम्परा हरेक धर्मावलम्बीको रहेको छ तर, सिमामा खडा गरिएको पिल्लरको पूजा यो पहिलो पटकजस्तै देखिएको छ।

हिन्दू धर्मावलम्बीले मन्दिर, मुस्लिमले मस्जिद र क्रिश्चियन धर्मावलम्बीले चर्चमा पूजापाठ गरेको हामीले देख्दै आएका छौं। तर, नेपाल-भारत सीमा क्षेत्रमा रहेका हरेक भारतीय नागरिकले नजिकमा रहेको पिल्लरमा हरेक वर्ष एक दिन पूजापाठ गर्दै आएको दृष्य पहिलो पटक हो।

भारतीय विद्यार्थी, नागरिकसहित सो पिल्लरमा पुगेका उनीहरूले पूजापाठ गरि फर्केका थिए। सीमा सुरक्षा बलका कमाण्डर मुन्ना सिंहले भने, “हामीले हरेक वर्ष एक दिन सीमाको मुख्य पिल्लरमा पूजापाठ गर्दै आइरहेका छौं।’ उनका अनुसार सीमा क्षेत्र नजिक रहेका हरेक नागरिकलाई आफ्नो भूमिबारे जानकारी दिन यो पूजा गरिँदै आएको छ।

त्रिनगर नाका दशगाजा क्षेत्र हो। भारत तथा नेपालले कुनै पनि पूर्वाधार निर्माण गर्न नपाउने सो क्षेत्रमा भारतीयहरूको ज्यादति बढ्दै गएको नेपाली बताउने गर्छन्।

नेपालीहरूले ठेलागाडा राखेर व्यापार गर्दा भारतीय पक्षहरू हटाउने गर्छन्। तर, भारतीयहरूले केही गर्दासमेत नेपाली सुरक्षा बल मौन बस्छन्। बिहीबार भारतीय पक्षले पिल्लरको पुजन गर्दै गर्दा नेपाली सुरक्षाकर्मीहरू भने मौन बसेका थिए।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved