रोनाल्डोको छायाँमा परेका बेञ्जेमा

रोनाल्डोको छायाँमा परेका बेञ्जेमा

काठमाडौं। बुधबार राति युरोपियन च्याम्पियनस् लिगमा, रियल मड्रिड र पीएसजीको पहिलो हाफसम्मको खेल हेर्दा लाग्थ्यो, यो सिजन रियल मड्रिडको च्याम्पियनस् लिगको यात्रा सायद अब सकियो।

गत महिना च्याम्पियनस् लिगको अन्तिम १६ को पहिलो लेगमा एम्बाप्पेको निर्णयक गोल मार्फत फ्रेन्च क्लब पीएसजीले खेल १-० ले जितेको थियो।

स्पानिस जाइन्ट रियलको घरेलु मैदान सान्टियागो बर्नबेउ स्टेडियममा भएको दोस्रो लेगमा पनि ३९ औं मिनेटमा एम्बाप्पेले नै गोल गरेपछि पीएसजी क्वाटरफाइनलमा पुग्ने प्रायको अनुमान थियो।

तर दोस्रो हाफमा खेलको नतिजा मात्र बदलिएन रियल मड्रिडको भाग्य पनि बदलियो। मड्रिडको भाग्य बदल्ने काम गरे फ्रेन्च स्ट्राइकर करिम बेन्जेमाले। १७ मिनेटको छिटो समयमा नै ह्याट्रिक पूरा गर्दै बेन्जेमाले रियल मड्रिड अझै जीवितै छ भनेर प्रमाणित गरे।

घरेलु मैदानको आकर्षक जितपछि बेन्जेमा भन्छन्, ‘रियल मड्रिड अझै पनि जीवितै छ र हामीले देखायौं कि हामी कसरी जस्तोसुकै प्रतिद्वन्द्वीलाई पनि हराउन सक्छौं।’

घरेलु मैदानको आकर्षक जितपछि बेन्जेमा भन्छन्, ‘रियल मड्रिड अझै पनि जीवितै छ र हामीले देखायौं कि हामी कसरी जस्तोसुकै प्रतिद्वन्द्वीलाई पनि हराउन सक्छौं।’

क्रिष्टियानो रोनाल्डो, सजिर्यो रामोसजस्ता स्टार धेरै खेलाडीसँगै जिनेदिन जिदानजस्ता प्रशिक्षकले छोडेपछि रियल मड्रिडको प्रदर्शन केही सिजन यता खस्कनु स्वाभाविक थियो।

त्यसैले यो पटक रियल मड्रिडलाई न च्याम्पियनस् लिगको उपाधि दाबेदारको रुपमा हेरिएको थियो न पीएसजीलाई हराउने टिमको रुपमा। तर यो जितले रियलले विश्व स्टार खेलाडी मेस्सी, एम्बाप्पे र नेम्यार सहितको हालको फुटबलको सबैभन्दा आक्रमक फ्रन्ट लाइनअप रहेको पीएसजीलाई च्याम्पियनस् लिगबाट किक आउट गर्‍यो।

यो उत्कृष्ट कमब्याक सहितको जितपछि च्याम्पियनस् लिगमा सर्वाधिक सफल टिम रियलको १४ पटकको उपाधि जित्ने सम्भावना पनि कायमै छ। हुन त मड्रिड स्पानिस ला लिगामा पनि आठ अंकको अग्रतासहित शीर्षस्थानमा छ र यो सिजन ला लिगा उपाधि जित्ने उसको सम्भावना पनि एकदम प्रबल छ।

‘अण्डरटेड स्ट्राइकर’ बेन्जेमा

रियल मड्रिडको यो नाटकीय जितका मुख्य नायक हुन करिम बेन्जेमा। रचनात्मक प्लेमेकिङ र फिनिसिङ शैलीका कारण बेन्जेमा उनको पुस्ताका उत्कृष्ट स्ट्राइकरमध्ये एक हुन्।

बेन्जेमा रियलको त्यो गोल्डेन जेनेरेसनका एक महत्वपूर्ण सदस्य हुन् जुन टिमले पाँच सिजनमा चार पटक च्याम्पियनस् लिग उपाधि उचालेको थियो। तर त्यो बेला पनि राम्रै फर्ममा रहे पनि उनी विश्वस्टार क्रिस्टियानो रोनाल्डोको छायामा परेका थिए।

सन् २००९ मा रोनाल्डोसँगै उनी पनि एकै वर्ष रियल मड्रिडमा अनुबन्धित भएका थिए। उनको प्रदर्शन राम्रो भए पनि रोनाल्डो आफ्नो करिअरको शानदार फर्ममा रहेका बेला उनको खेल छायामा पर्‍यो।

यसपछि सन् २०१३ मा अर्का स्ट्राइकर वेल्सका ग्यारेथ बेल पनि रियलमा आएपछि (बीबीसी) बेन्जेमा, बेल र रोनाल्डोको गठबन्धन विश्व कै उत्कृष्ट ‘अट्याकिङ ट्रियो’ थियो।

तर यो अट्याकिङ लाइनलपमा पनि उनी रोनाल्डो मात्र होइन त्यो समय उत्कृष्ट फर्ममा रहेका बेलको पनि छायामा परेका थिए।

उनले हालसम्म १२ सिजन रियल मडिड्रमा रहदा क्लबलाई प्रमुख २० उपाधि दिलाउन फरवार्ड लाइनअपमा महत्वपूर्ण योगदान दिए। तर बेन्जेमा विश्व फुटबलका सबैभन्दा अण्डरटेड स्ट्राइकरमध्ये हुन्।

रोनाल्डाले सन् २०१८ मा युभेन्टस गए भने बेलको फर्ममा पनि कमी आयो। अनि यसपछि बेन्जेमाले बल्ल रियलको प्रमुख फरवार्डको भूमिका पाए। यो भूमिकालाई उनले अवसरमा परिणत पनि गरे।

यो खेलमा मात्र होइन यो सिजन धेरै खेलमा उनी रियलका संकटमोचक बनिसकेका छन्। उनले रियलका लागि रोनाल्डोको जति गोल त गर्न सकेका छैनन्। तर संकटको बेला क्लबसँगको साथ नछोडेका उनीलाई समर्थकहरूले रोनाल्डोभन्दा रियलका लागि बढी बफादार खेलाडीको रूपमा लिन्छन्।

रियल मड्रिडका पूर्व डिफेण्डर जोनाथन वुडगेट भन्छन्, “जब क्रिष्टियानो रोनाल्डोले क्लब छाडे मलाई लाग्छ करिम बेन्जेमामाथि उठ्न थाले।’ रोनाल्डोले मड्रिड छाडेपछि धेरै समर्थक दु:खी थिए क्लबको खेल खस्कने डर थियो। तर बेन्जेमाले मड्रिडको शानलाई जोगाइराखे।

हाल आफ्नो पुरानो क्लब छाडेका न त रोनाल्डो फर्ममा छन् न त मेस्सी । तर स्टार खेलाडीहरूले छाडेर संकटमा रहेको बेला क्लब नछाडेको बेन्जेमाले रियललाइई थामेर बसिरहेका छन्।

पीएसजीसँग यो खेलमा मेस्सी त विपक्षीको रूपमा मैदानमा नै थिए। यदि रोनाल्डोले टेलिभिजनमा यो खेल हेरेका भए पक्कै पनि यी बेन्जेमाको प्रदर्शनको तारिफ गरे होलान्।

यो खेलमा मात्र होइन यो सिजन धेरै खेलमा उनी रियलका संकटमोचक बनिसकेका छन्। उनले रियलका लागि रोनाल्डोको जति गोल त गर्न सकेका छैनन्। तर संकटको बेला क्लबसँगको साथ नछोडेका उनीलाई समर्थकहरूले रोनाल्डोभन्दा रियलका लागि बढी बफादार खेलाडीको रूपमा लिन्छन्।

३४ वर्ष र ८० दिनमा ह्याट्रिक गरेका उनी च्याम्पियनस् लिगमा ह्याट्रिक गर्ने सबैभन्दा पाका उमेरका खेलाडी बने। बर्नबेउमा यो खेलमा सबैको नजर अर्का फ्रेन्च स्ट्राइकर पीएसजीका एम्बाप्पेमा थियो। किनकि रियल मड्रिडले एम्बाप्पेलाई टिममा भित्र्याउने चर्चा चलिरहेको थियो।

यदि एम्बाप्पे रियलमा आबद्ध भए भने उनी स्वतः क्लबका प्रमुख फरवार्ड हुनेछन्। तर यो खेलको दोस्रो हाफको प्रदर्शनले बेन्जेमाले आफू अझै बुढो नभएको सन्देश दिए।

फ्रान्सको राष्ट्रिय टिममा मात्र होइन एम्बाप्पे रियल मड्रिडमा पनि फरवार्ड लाइनमा बेन्जेमाको विरासतलाई आफूमा सार्न चाहन्थे। तर बेन्जेमाले यो ह्याट्रिकबाट नै आफू अझै आफ्नो स्थान छाड्न नचाहेको स्पष्ट पारे।

उनी भन्छन्, ‘रियल मड्रिडको इतिहासमा तेस्रो उच्च गोलकर्ता बन्न पाउँदा म गौरवान्वित छु तर म यति मै रोकिन्न, म अझै गोल गर्न चाहन्छु फेरि, फेरि।’

यो तीन गोलसँगै रियलका लागि सर्वाधिक गोलकर्ताको सूचीमा उनी तेस्रो स्थानमा उक्लिए। रियलका लागि ३०९ गोल गरेका उनी राहुल र रोनाल्डोभन्दा मात्र पछि छन्।
उनले यो सिजन खेलेका ३३ खेलमा उनले २८ गोल गरिसकेका छन्। जसमा ११ असिस्ट पनि सामेल छ।

यसअघि उनले सन् २०११-१२ सिजनमा सर्वाधिक ३२ गोल गरेका थिए। यो सिजनको स्पानिस लिगमा उनी २० गोलसहित सर्वाधिक गोलस्कोररको सूचीमा पहिलो स्थानमा छन्।

त्यस्तै जारी सिजनामा च्याम्पियनस् लिगमा आठ गोल सहित च्याम्पियनस् लिग इतिहासमा पनि सवार्धिक गोल कर्ताको सूचीमा उनी ७७ गोलसहित चौथो स्थानमा छन्। यो सूचीमा उनीभन्दा अघि मेस्सी रोनाल्डो र लेवान्डोस्की मात्र छन्।

यो फर्म कायमै रहे ३४ वर्षको उमेरमा उनी बालोन डि ओर जित्न सक्छन्। रियल मड्रिडको १२ औं सिजनमा आएर यो वर्ष उनी विश्वकै सर्वाधिक महान् खेलाडी बन्ने बाटोमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved