राङखोला र भंगारा आज फाइनलमा भिड्ने

नेपालभ्युज

राङखोला र भंगारा आज फाइनलमा भिड्ने

स्याङजा। राङखोला युवा क्लब र भंगारा युवा क्लबबीच स्याङजाको सिरुवारीमा जारी दसौं शिरशुभा÷गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आज प्रतिस्पर्धा हुँदैछ।

स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा राङखोलाले खेवाङ युवा क्लबलाई २३–२५, २५–२२, २५–१५ र २५–१७ को सेटमा पराजित गर्‍‍यो।

्विजेताका दर्शन गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए। अर्को सेमिफाइनलमा भंगाराले महाशिला युवा क्लबलाई २५–१८, २५–२० र २५–१४ को सोझो सेटमा हरायो। भंगाराका सुदीप गुरुङ र राजकुमार नेपाली ‘म्यान अफ द म्याच’ चुनिए।

प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ जित्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved