नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी

नेपालभ्युज

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी

काठमाडौँ। सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार राति तीन जनाको नाम सिफारिस गरेको थियो।

मन्त्रालयअन्तर्गत गठित छनोट तथा सिफारिस समितिले थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रकाश सिटौलाको नाम सिफारिस गरेको थियो। त्यसैमध्येबाट बिहीबार मन्त्रिपरिषद्ले थानीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved