सप्तरी कांग्रेस सभापतिमा साह निर्वाचित

नेपालभ्युज

सप्तरी कांग्रेस सभापतिमा साह निर्वाचित

जनकपुुरधाम। नेपाली कांग्रेस सप्तरीको जिल्ला सभापतिमा रामदेव साह निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनको आज बिहीबार सम्पन्न मतगणनाको अन्तिम मतपरिमाण अनुसार साह १०९ मतकाे अन्तरले निर्वाचित भएका हुन्।

साहले एक हजार १८६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी शत्रुद्यन यादवले १ हजार ७७ मत प्राप्त गरेका हुन्। सभापतिमा निर्वाचित साह संस्थापन इतर समूह डा. शेखर कोइराला पक्षका हुन् भने पराजित यादव संस्थापन पक्षका उम्मेदवार हुन्।

सप्तरीमा यसअघि शनिबार भएको निर्वाचन विवादपछि स्थगित भएर मंगलबार सम्पन्न भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved