सवारी दुर्घटना घटाउनेतर्फ ध्यान दिन आग्रह

नेपालभ्युज

सवारी दुर्घटना घटाउनेतर्फ ध्यान दिन आग्रह
सांकेतिक तस्वीर

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी दुर्घटना घटाउनेतर्फ विशेष ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन्। सङ्खुवासभाको मादीमा भएको आज भएको बस दुर्घटनामा १५ जना यात्रीको मृत्यु भएको खबरले आफू मर्माहत भएको बताउँदै राष्ट्रपतिले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

केहीबेरअघि ट्वीट गर्दै राष्ट्रपतिले”सवारी दुर्घटना न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सम्बद्ध पक्षको ध्यान आकृष्ट गराउँछु,” भनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved