नेपालसँग श्रीलंकन पुलिस १ सय ४५ रनले पराजित

नेपालभ्युज

नेपालसँग श्रीलंकन पुलिस १ सय ४५ रनले पराजित

काठमाडौं । नेपालले अभ्यास खेलमा श्रीलंकन पुलिस टिमलाई १ सय ४५ रनले पराजित गरेको छ। नेपालले दिएको ३ सय ३२ रनको लक्ष्य पछ्याउने क्रममा पुलिस ३७ औं ओभरमा १ सय ८७ रनमा अलआउट भयो।

उत्कृष्ट बलिङ गरेको नेपालका लागि करन केसी ४, सन्दीप लामिछाने र सागर ढकालले समान २–२ र कमलसिंह ऐरीले एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेट गुमाएर ३ सय ३२ बनाएको थियो नेपालका दुबै ओपनर कुशल मल्ल र आशिफ शेखले अर्धशतक प्रहार गरेका थिए। कुशलले ५७ र आशिफले ५२ रन बनाए । त्यसपछि रोहितकुमार पौडेलले नेपालका लागि सर्वाधिक ७२ रनको योगदान दिए।

त्यस्तै, आरिफ शेखले ३५ रन जोडे। ४५ ओभरसम्म ७ विकेट गुमाएर २ सय ६१ रन जोडेको नेपालका लागि तल्लो क्रमका ब्याटस्म्यानद्वय करण केसी र कमलसिंह ऐरीले आक्रामक ब्याटिङ गरे।

अन्तिम ५ ओभरमा यी दुईले ७० रन जोडेका थिए । करण केसीले अविजित ५३ र कमल सिंह ऐरीले अविजित ४५ रनको योगदान गरे।

चैत पहिलो सातादेखि युएईमा आयोजना हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुको तयारीका लागि नेपाली टिम अहिले श्रीलंका भ्रमणमा निस्किएको हो। नेपालले अघिल्लो दुई खेलमा श्रीलंकन नेभीलाई क्रमशः १ सय ११ रन  ८२ रनले पराजित गरेको थियो।

अब भोलि अन्तिम अभ्यास खेलमा नेपालले श्रीलंकाको कम्बाइन ११ सँग प्रतिस्पर्धा गर्नेछ, जसमा श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडीहरु पनि समावेश छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved