ढोकैमा क्याफेमा कला प्रदर्शनी : चित्रकला, परम्परागत र समसामयिक विषयमा २३ कलाकारका सिर्जना

नेपाल भ्युज

ढोकैमा क्याफेमा कला प्रदर्शनी : चित्रकला, परम्परागत र समसामयिक विषयमा २३ कलाकारका सिर्जना

पाटन । ललितपुरको पाटनढोकास्थित ढोकैमा क्याफे रेष्टुरेण्टमा चित्रकला प्रदर्शनीमा विभिन्न विधामा कुची चलाउने २३ कलाकारहरूको पेन्टिङ राखिएका छन्।

उजेन नोर्बु गुरुङले ‘कुरेट’ गरेको यो प्रदर्शनीमा समकालीन (कन्टेम्परी आर्ट) र परम्परागत चित्र (ट्रेडिस्नल आर्ट) हरू समेटिएको छ। समाजबाट हराउँदै गएका कुराहरूलाई चित्रमार्फत प्रस्तुत गर्न खोजिएको देखिन्छ– उक्त चित्रकलामा ।

परम्परागत कलाहरूको प्रदर्शनी १ चैतसम्म र समसामयिक विधाहरूको प्रदर्शनी १५ चैतसम्म हुनेछ।

परम्परागत कला (ट्रेडिस्नल आर्ट) अन्तर्गत चित्रकारहरू समुद्रमानसिंह श्रेष्ठ, उदयचरण श्रेष्ठ, लोक चित्रकार र प्रवेश राईका सृजना छन्। त्यस्तै रोजिना सिंख्वाल, राजकुमार राना मगर, क्रिस्टिना डङ्गोल, विकास कालीकोटे, सुजित महर्जन, रजनी सिंख्वाल, रवि श्रेष्ठ, सुरु प्रजापती, नरेन्द्र मल्ल, राजन साङचेन र सुजन श्रेष्ठका सिर्जनात्मक कृतिहरू प्रदर्शनीमा छन्।

समसामयिक विधामा तीसा श्रेष्ठ, कैलाश के श्रेष्ठ, कृष्णभक्त डङ्गोल, असिम शाक्य, किशोर ज्योती, आकाश प्रधान, पृथ्वी श्रेष्ठका चित्रहरू पनि प्रदर्शनीमा छन्। प्रदर्शनीमा प्रथमराज बज्राचार्यको काष्ठकला पनि राखिएको छ।

सबै तस्वीरः विप्लव रेग्मी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved