ओलीले रङभन्दा पनि ढंग सच्याउनुपर्छः महामन्त्री शर्मा

नेपालभ्युज

ओलीले रङभन्दा पनि ढंग सच्याउनुपर्छः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई रंग सच्याउनभन्दा पनि ढंग फेर्न आग्रह गरेका छन्।

एक अन्तर्वार्तावमा शर्माले विगतका निर्वाचनको अवस्था हेरिदिएको भए ओलीको यो खालको प्रतिक्रिया नआउने पनि बताए। भने, “विगतमा पनि मतपत्रमा हरियो थियो। कुनै बेला रातो राखिएको थियो, कुनैबेला कालो राखिएको थियो।

निर्वाचन आचारसंहिता पालना गर्ने क्रममा नेपाली कांग्रेस पनि चुक्न सक्ने बताएका शर्माले ओलीले निर्वाचन आयोगका विषयमा त्यस्तो बोल्न नहुने तर्क गरे। ओलीको उचाइ र मर्यादाले यस्तो बोल्न नहुने उनको भनाइ थियो। यो विषय उनले बोलिरहने विषय नभएको पनि शर्माले बताए।

ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिह्नहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका थिए। 

त्यसलाई प्रस्ट पार्दै शर्माले भने, “हामीले भरोषा गरेर निर्वाचन गर्न दिँदै गर्दा उसले (निर्वाचन आयोग) गरेका निर्णहरूमा हामीले प्रश्न उठाउन पाउँछौं नै, प्रश्न उठाउनु पनि पर्छ त्यो हाम्रो तर्कमा आधारित कुनै प्रश्नहरू छन् भने। तर निर्वाचन आयोगले हरेक कुरा गरिरहँदा साना साना कुरा गरिरहँदा पनि दलहरूलाई सोधिरहने भन्ने पनि हुँदैन। प्रधान कुरामा सोध्ने हो।”

तर निर्वाचन आयोगले गरेका कुरामा प्रश्न उठाउँदै गर्दा कति तार्किक छौं भन्ने कुरा पनि हेक्का पुर्‍याउनुपर्ने उनले बताए।

यो पनि पढ्नुहोस्

हरियो रङको मतपत्रले एमालेमा त्रास, रङले के फरक पार्छ ?

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved