आफूसँग बिहे गरे २० करोड भारु दिने बलिउड अभिनेता कार्तिकलाई युवतीको ‘अफर’

नेपालभ्युज

आफूसँग बिहे गरे २० करोड भारु दिने बलिउड अभिनेता कार्तिकलाई युवतीको ‘अफर’

बलिउड अभिनेता कार्तिक आर्यनलाई एक फ्यानले आफूसँग विवाह गरे २० करोड रुपैयाँ दिने अफर दिएकी छन्।

सामाजिक सञ्जालमा भिडिओ शेयर गर्दै कार्तिकले पनि रमाइलो जवाफ दिएका छन्। अहिले कार्तिकको यो भिडियो र ती युवतीले गरेको कमेन्ट सामाजिक सञ्जालमा भाइरल झैं भएको छ।

उक्त भिडिओमा ती युवतीले कार्तिकको गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘धमाका’ को संवाद बोलेकी छन्।

यस फिल्मको क्याप्सनमा कार्तिकले लेखेका छन्, ‘क्युट अर्जुन पाठक। उनको यो भिडिओमा धेरै फ्यानहरूले सकारात्मक कमेन्ट गरेका छन्। त्यहीँ ती युवतीले कमेन्ट गर्दै कार्तिकलाई आफूसँग बिहे गरे २० करोड भारु दिने लेखेकी थिइन्। जसमा कार्तिकले पनि ठट्टा गर्दै ‘कहिले’ लेखेका छन्।

हाल कार्तिक आफ्नो आगामी फिल्म ‘शहजादा’ को सुटिङमा व्यस्त छन्। ‘शहजादा’ अल्लु अर्जुनको तमिल फिल्म ‘अला वैकुन्ठपुरमुलु’को हिन्दी रिमेक हो। रोहित धवन निर्देशित ‘शहजादा’मा कार्तिकका अलावा परेश रावल, रोहित बोस रोय, मनिषा कोइराला, सचिन खेडकर र अंकुर राठी पनि मुख्य भूमिकामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved