दिल्लीपछि पञ्जावमा पनि बहुमतको सरकार बनाउँदै आम आदमी पार्टी

नेपालभ्युज

दिल्लीपछि पञ्जावमा पनि बहुमतको सरकार बनाउँदै आम आदमी पार्टी

एजेन्सी। भारतको वैकल्पिक राजनीतिक दल आम आदमी पार्टीले दिल्लीपछि दोस्रो राज्य पञ्जाबमा पनि बहुमतको सरकार बनाउने भएको छ। भारतमा जारी विधानसभाको निर्वाचनको जारी मतगणनाअनुसार पञ्जावमा आम आदमीले बहुमतले अग्रता लिएको छ।

जारी मतपरिणामअनुसार पञ्जाबमा आम आदमीले कुल ११७ सिटमध्ये ९० सिटमा अग्रता लिएको छ। बहुमतका लागि ७८ सिट आवश्यक रहेकोमा सरकार बनाउन ५१ सिट जिते पुग्छ। यही अग्रता कायम रहे आम आदमीले पञ्जावमा दुई तिहाईको बहुमत सरकार बनाउनेछ।

१० वर्षअघि वैकल्पिक राजनीतिबाट आएको आम आदमीले ८ वर्षदेखि भारतको राजधानी दिल्लीमा सरकार चलाइरहेको छ भने त्यहाँ पार्टीका संस्थापकसमेत रहेका मुख्यमन्त्री अरविन्द केजरीवाल लोकप्रिय छन्।

दिल्लीमा आम आदमीले तेस्रोपटक सरकार चलाइरहे पनि अन्य प्रदेशमा उदाउन नसकेको अवस्थामा विधानसभाको यस नतिजाले आम आदमी बलियो हुँदै गएको देखिन्छ।

पञ्जावको मतगणना जारी रहे पनि अहिलेसम्मको नतिजाअनुसार आम आदमीले सरकार बनाउने पक्का जस्तै देखिएको हो। पञ्जावमा आपले बहुमत ल्याए भागवन्त मान मुख्यमन्त्री बन्नेछन्। सन् २०१२ मा राजनीतिमा आएका भागवन्त त्यसअघि कमेडीमा सक्रिय थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved