संखुवासभा दुर्घटना अपडेट: मृतकको संख्या १३ पुग्यो

नेपाल भ्युज

संखुवासभा दुर्घटना अपडेट: मृतकको संख्या १३ पुग्यो

काठमाडौं। संखुवासभामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

संखुवासभाका प्रमुख जिल्ला अधिकारी(सीडीओ) नूरहरि खतिवडाले अहिलेसम्म १३ जनाको शव निकालिएको जानकारी दिए। मृतकको शनाखत हुन सकेको छैन।

संखुवासभाको मादीबाट झापातर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहीबार बिहान करीब साढे सात बजे मादी नगरपालिका ६ सातघुम्तीमा खसेको थियो। बस भीरबाटकरीब ३ सय मिटर तल खसेको थियो।

अहिलेसम्म ५ जनाको उद्धार गरिएकोमा उनीहरूलाई थप उपचारका लागि चैनपुर लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved