वसन्तपुरमा तीनखण्डे चीर ठड्याएर शुरु भयो होली (फोटो फिचर)

हिन्दू धर्मावलम्वीको मान्यताअनुसार द्धापर युगमा भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएको बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहेको छ।

नेपालभ्युज

वसन्तपुरमा तीनखण्डे चीर ठड्याएर शुरु भयो होली (फोटो फिचर)
सबै तस्वीर: सुमन नेपाली

काठमाडौं। वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीन खण्डे चीर ठड्याएसँगै यस वर्षको फागु पर्व (होली) शुरु भएको छ।

आज बिहान ७ बजेर २७ मिनेटको साइतमा हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा रंगीविरंगी ध्वजापताकासहितको ३२ फिट अग्लो तीनखण्डे चीर ठड्याइएको हो। योसँगै देशभर औपचारिक रूपमा फागु पर्व शुरु भएको छ।

हिन्दू धर्मावलम्वीको मान्यताअनुसार द्धापर युगमा भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएको बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहेको छ।

प्रत्येक वर्षको फागुन शुल्क अष्टमीको दिन चीर ठड्याएसँगै फागु पर्व आरम्भ हुन्छ। यस वर्ष फागु पूर्णिमा ३ चैतमा परेको छ। तराई/मधेशका जिल्लामा ४ गते फागू पर्व परेको छ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved