बेरोजगार सूचीकृत हुन सरकारको आग्रह, वडाले ठहर गरेर पठाउनुपर्ने

नेपाल भ्युज

बेरोजगार सूचीकृत हुन सरकारको आग्रह, वडाले ठहर गरेर पठाउनुपर्ने

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिलाई सूचीकृत हुन आग्रह गरेको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत मन्त्रालयले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्न आग्रह गरेको हो।

प्रत्येक नागरिकलाई रोजगारीको हक प्रत्याभूति गराउन तोकिएको मापदण्ड पूरा गरेका नागरिकले रोजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा फागुन निवेदन दिनुपर्नेछ।

फागुनभरि आर्थिक वर्ष २०७९/०८० को लागि निवेदन दिन मन्त्रालयले आग्रह गरेको हो।

निवेदन दिने १८ देखि ५९ वर्ष उमेर समूहको हुनुपर्ने र निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एकसय दिनको रोजगारमा संलग्न नभएको हुनु पर्नेछ। साथै वार्षिक ५७ हजार ७ सय रुपैयाँभन्दा कम आर्जन गरेको हुनुपर्ने उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved