बेन्जेमाको ह्याट्रिकमा पीएसजीमाथि रियलको रोमाञ्जक जित

नेपाल भ्युज

बेन्जेमाको ह्याट्रिकमा पीएसजीमाथि रियलको रोमाञ्जक जित

काठमाडौं । करिम बेन्जेमाको ह्याट्रिक मद्दतमा रियल मड्रिडले घरेलु मैदानको फाइदा उठाउँदै पीएसजीलाई जारी च्याप्पिन्स लिगको अन्तिम १६ बाट निकालेको छ।

आज बिहान भएको खेलको ३९ औं मिनेटमा पीएसजीका स्ट्राइकर किलिएन एम्बाप्पेले शुरुआती अग्रता बनाए पनि पीएसजीले दोस्रो हाफमा लगातार तीन गोल खायो। ६१, ७६ र ७८ मिनेटमा बेन्जेमा गोल गर्दै रियललाई समग्र ३-२ को जित दिलाए।

यसअघि पहिलो लेगमा पीएसजीले घरेलु मैदानमा रियललाई १-० ले हराएको थियो। योसँगै रियल मड्रिड लिगको अन्तिम ८ मा प्रवेश गरेको छ।

यता स्पोर्टिङसँग घरेलु मैदानमा गोलरहित बराबरी गरेको म्यानचेस्टर सिटीले पनि अन्तिम ८ मा ठाउँ बनाएको छ। उसले अघिल्लो लेग ५-० को भारी गोलअन्तरले जितेको थियो।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved