डकुमेन्ट एआइ स्टार्टअप डक्सुमोले साढे तीन मिलियन डलर उठायो

नेपालभ्युज

डकुमेन्ट एआइ स्टार्टअप डक्सुमोले साढे तीन मिलियन डलर उठायो

काठमाडौं। उद्यमहरूलाई ग्राहकका कागजातहरूबाट स्वचालित निर्णयहरू गर्न मद्दत गर्ने डक्सुमो, एक डकुमेन्ट एआइ स्टार्टअपले हालै बीज पुँजीमा साढे तीन मिलियन डलर (करिब ४३ करोड रुपैयाँ) उठाएको छ।

यो कम्पनी युवा नेपाली डाटा वैज्ञानिकबाट उद्यमी बनेका विक्रम दाहाल र उनका भारतीय समकक्षी रुषभ सेठले जनवरी २०१९ मा सह–स्थापना गरेका थिए।

स्टार्टअपको मूल प्रविधि नेपालका स्वदेशी डाटा वैज्ञानिक र इन्जिनियरहरूद्वारा सञ्चालित रहेको र यसले व्यवसायहरूलाई वित्तीय कागजातहरू स्वचालित रूपमा पढ्न र त्यसको आधारमा निर्णय गर्ने मद्दत गर्ने बताइएको छ।

Fifth Wall, Arbor Realty Trust र वर्तमान लगानीकर्ता Better Capital को सहभागितामा Common Ocean द्वारा राउण्डको नेतृत्व गरिएको थियो । स्टार्टअपले नयाँ कोषलाई नेपाल र भारतमा आफ्नो बढ्दो कर्मचारी टिमलाई विस्तार गर्न र उत्तर अमेरिकी बजारमा आफ्नो ग्राहक(आधार बढाउन नयाँ कोष प्रयोग गर्ने योजना बनाएको छ ।

लगानीबारे टिप्पणी गर्दै विक्रमले भने, ‘हामीलाई पहिलो दिनदेखि नै नेपालबाट ग्लोबल सास सफ्टवेयर बनाउन सकिन्छ भन्ने विश्वास थियो । हामीसँग हाल काठमाडौंमा २५ डाटा साइन्टिस्ट र इन्जिनियरहरू काम गरिरहेका छन्। हामी यो वर्षको अन्त्यसम्ममा यो संख्या १०० पुग्ने योजनामा छौं। हाम्रो उद्देश्य नेपाललाई इजरायल जस्तै टेक्नोलोजी हब बनाउन मद्दत गर्ने हो।’

पछिल्लो १२ महिनामा, Docsumo ले मुम्बई र काठमाण्डौंमा आफ्नो टिम बढाएको छ र ६ गुणा आयवृद्धि अनुभव गरेको छ । यसले हाल संयुक्त राज्य अमेरिका र एशियाका प्रमुख उद्यमहरूलाई सेवा दिन्छ,। Docsumo पहिला सन् २०२० मा लण्डन एक्सेलेटरको हिस्सा भएको र Barclays, Sequoia, Jupiter Money & का जितेन गुप्ता र पाइन ल्याब्सका अमरिश राउबाट प्रि-सीड राउन्ड उठाएको थियो।

‘हामीले हाम्रा पोर्टफोलियो कम्पनीहरूमा Docsumo को प्रविधि प्रयोग गरेका छौं र महत्वपूर्ण व्यापारिक निर्णयहरू स्वचालित गर्नमा यो कत्तिको प्रभावकारी छ भनेर प्रत्यक्ष देखेका छौं। यस टिमसँग काम गर्न पाउँदा एकदमै रमाइलो लागेको छ र हामी उहाँहरूको यात्रामा सामेल हुन उत्साहित छौं किनभने यसले उनीहरूले कामको प्रक्रियाहरूमा AI/ML लागू गर्ने अवसरहरू अनलक गर्छन्, राउण्डको नेतृत्व गर्ने Common Ocean का जनरल पार्टनर इगोर युलिसले टिप्पणी गरे ।

‘यस नयाँ लगानीसँगै, Docsumo ले थप प्रयोगका केसहरू– ग्राहक अनबोर्डिङ, आम्दानी प्रमाणिकरण, वित्तीय ठगी पत्ता लगाउने, अन्डरराइटिङका लागि डेटा, र विश्लेषकहरूले हाल ह्यान्डल गरेका अन्य महत्वपूर्ण, दैनिक कार्यहरू समेट्नका लागि आफ्ना उत्पादनहरू बढाउने योजना बनाएको छ।

’ रुषभले भने, ‘कोभिडले उद्यम स्वचालन र व्यापारका प्रक्रियाहरूको थप एपीआई–फिकेशनलाई अगाडि बढाएको छ, यी दुवै हाम्रो सफ्टवेयरलाई छिटो अंगाल्न सघाउ गर्ने उत्कृष्ट सहयोगी तत्वहरू हुन्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved