च्याम्पियन्स लिग अन्तिम १६ः आज राति पीएसजी र रियल मड्रिड भिड्दै

नेपाल भ्युज

च्याम्पियन्स लिग अन्तिम १६ः आज राति पीएसजी र रियल मड्रिड भिड्दै

काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ मा आज राति(भोलि बिहान) दुई दाबेदार टिम प्रतिस्पर्धा गर्दैछन्। राति पौने एक बजे स्पेनी क्लबले फ्रेन्च क्लब पीएसजीसँग खेल्नेछ।

अघिल्लो लेगमा घरेलु मैदानमा १-० को साँघुरो जित निकालेको पीएसजीले आज राति हुने खेलमा बराबरी मात्र गरे पनि अन्तिम आठमा प्रवेश गर्नेछ। सान्टियागो बेर्नाबाउमा हुने खेलमा ब्राजिलका दुई स्टार खेलाडीको टक्करका रूपमा हेरिँदैछ।

त्यस्तै आजै राति इंग्लिस प्रिमियर लिगको बलियो टोली म्यानचेस्टर सिटीले पनि स्पोर्टिङ गिजोनसँग प्रतिस्पर्धा गर्दै छ। अघिल्लो लेगमा गिजोनलाई सिटीले उसकै मैदानमा ५-० ले हराएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved