व्यवसाय सञ्चालनका लागि प्रस्ट नीति चाहियोः सुनचाँदी व्यावसायी संघ

नेपालभ्युज

व्यवसाय सञ्चालनका लागि प्रस्ट नीति चाहियोः सुनचाँदी व्यावसायी संघ

काठमाडौं। सुनचाँदी व्यावसायीहरूले व्यवसाय सञ्चालनका लागि प्रस्त नीति नियम तर्जुमा गर्न सरकारसँग आग्रह गरेका छन्।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले बुधबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेम कुमार श्रेष्ठसँग भेटगरी प्रस्ट नीति बनाउन आग्रह गरेको हो।

सुनचाँदी व्यवसाय र यसको कारोबारका लागि हालसम्म पनि प्रस्ट नीति बन्न नसक्दा व्यवसाय सञ्चालनमा बाधा पुगको भन्दै महासंघका अध्यक्ष शाक्यले सरकारले सुनचाँदी कारोबारको निर्देशिका बनाएमा त्यसलाई अक्षरशः पालना गरी बढ्न व्यवसायीहरू तयाररहेको बताए। आफूहरूले दशौं वर्षदेखि यस विषयमा आवाज उठाउँदै आएको भए पनि हालसम्म त्यसको सम्बोधन हुन नसकेको उनको भनाइ छ।

सुनचाँदी व्यवसायीसँगको भेटका क्रममा महानिर्देशक श्रेष्ठले कुनै पनि पेशा व्यवसाय सञ्चालनकालागि प्रस्ट नीति नियम आवश्यक पर्ने कुरा स्वीकार गर्दै सुनचाँदी व्यवसाय, व्यवसायी र आम उपभोक्ता सरोकारलाई समेत समेट्ने गरी नीति बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए।

यसका लागि विभिन्न सरकारी निकायमसग्ँ समन्वय गरेर अगाडि बढ्ने विश्वास उनले दिलाए।

भेटका क्रममा व्यवासायीहरूले सुनचाँदी व्यवसायीले भोग्दै आउनुपरेका समस्याहरूबारे महानिर्देशक श्रेष्ठको ध्यानाकर्षण गराएका थिए। त्यस क्रममा महासंघका निवर्तमान अध्यक्ष मोहन सुनार, वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, प्रथम उपाध्यक्ष मोहन काजी शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदीप श्रेष्ठ, मधेश प्रदेश सभापति रामजी साहलगायतका व्यवसायीको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved