दीपेन्द्रसिंह ऐरी आईसीसीको महीनाको उत्कृष्ट खेलाडी मनोनयन

नेपाल भ्युज

दीपेन्द्रसिंह ऐरी आईसीसीको महीनाको उत्कृष्ट खेलाडी मनोनयन

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को फ्रेबुअरी महीनाको उत्कृष्ट खेलाडीको उपाधि मनोनयमा परेका छन्। सिंहसँगै आईसीसीले यो महीनाभरि उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडी छनोट गरेको छ।

जसमा भारतका ब्याट्सम्यान श्रेयस अयर र यूएईका युवा ब्याट्सम्यान भृत्य अरविन्द पनि मनोनयमा परेका छन्। अब भोटिङ र आईसीसीको निर्णायक मण्डलका आधारमा यी तीनमध्ये एकले उपाधि जित्नेछन्। दीपेन्द्रले ओमानमा भएको टी ट्वान्टी विश्वकप छनोट खेलमा नेपालले तेस्रो स्थान प्राप्त गर्दा उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले प्रतियोगिताका पाँच खेलमा १५९ रन जोडेका थिए भने ३ विकेट लिएका थिए।

त्यस्तै यसअघिको चारदिवसीय श्रृंखलामा पनि उनले १४२ रन जोडेका थिए भने आयरल्याण्डसँग एकै खेलमा चार विकेट लिएका थिए। यूएईका अरविन्दकै आक्रामक ब्याटिङको मद्दतले यूएई टी ट्वान्टी विश्वकमा छनोट भएको थियो। उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका थिए।

त्यस्तै भारतका अयरले भने श्रीलंका र वेस्ट इन्डिजविरुद्धको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका थिए। यसअघि नेपालका कप्तान सन्दीप लामिछानेले २०२१ सेप्टेम्बरमा यो उपाधि जितिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved