माधव नेपालको निर्देशन– पार्टीको निर्णय मानेर एमसीसीविरूद्धका स्ट्याटस मेट्नुस्

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका बारेमा पार्टीले निर्णय गरिसकेको भन्दै त्यसविरूद्ध लेखिएका स्ट्याटस र फोटोहरू डिलिट गर्न निर्देशन दिएका छन्।

नेपालभ्युज

माधव नेपालको निर्देशन– पार्टीको निर्णय मानेर एमसीसीविरूद्धका स्ट्याटस मेट्नुस्

काठमाडौं। सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमसीसीका बारेमा पार्टीले निर्णय गरिसकेको भन्दै त्यसविरूद्ध लेखिएका स्ट्याटस र फोटोहरू डिलिट गर्न निर्देशन दिएका छन्। बबरमहलस्थित कार्की ब्यांक्वेटमा शुरु केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले पार्टीको निर्देशन मान्न चेतावनी दिए।

आउँदा दिनमा एमसीसीविरुद्धमा आवाज नउठाउन पनि अध्यक्ष नेपालले केन्द्रीय सदस्यहरूलाई निर्देशन दिए।

उनले भने, ‘‘एमसीसीका विषयमा पार्टीले अर्को निर्णय गरिसकेको छ। पार्टीकै समर्थनमै पास भइसकेको छ। यसैले पार्टीको निर्णय सबैले मान्नुपर्छ। हामीले विरोध गरेको समयमा लेखेका स्ट्याटसहरू मेट्नुहोस्।’’

उनले यसभित्र आफ्ना केही नेताहरूको फरक मत रहेको भन्दै ती मतलाई पार्टीले अन्यथा नलिएको स्पष्ट पारे। कतिपय कमरेडहरूले एमसीसीविरूद्ध लेखेका स्ट्याटसहरू अत्यन्त आपत्तिजनक रहेको बताउँदै त्यसलाई गल्ती स्वीकार गरेर फिर्ता गर्न आग्रह गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved