भूमिका श्रेष्ठ अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित

राजदूत र्‍यान्डी बेरीले बधाई दिए

नेपालभ्युज

भूमिका श्रेष्ठ अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट सम्मानित

काठमाडौं। यस वर्ष अमेरिकी सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला अवार्डबाट यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकारका लागि सक्रिय अभियानकर्मी भूमिका श्रेष्ठ सम्मानित भएकी छन्।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले अभियानकर्मी भूमिकालाई बधाई दिँदै ट्वीटमा लेखेका छन्, ‘एलजीबीटीक्यूआई समुदायप्रतिको समर्पणका लागि विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गर्ने ट्रान्सजेन्डर अधिकारकर्मी भूमिका श्रेष्ठलाई बधाइ दिन पाउँदा म रोमान्चित छ।’

भूमिका श्रेष्ठले सन् २००७ देखि नेपालमा तेस्रो लिङ्गीहरुको अधिकार र सामाजिक न्यायको वकालत गर्दै आएकी छन्।

विजेता श्रेष्ठ भन्छिन्, “हिजो मात्र मलाई थाहा भयो निकै खुशी र थप जिम्मेवारी थपिएको महशुस गरेको छु, यसमा हाम्रो देश नेपाल र यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले पनि गर्व गर्नुपर्छ।” यो सम्मानले आफूमा अझै ऊर्जा ल्याएको समेत उनले बताइन्।

सन् २०२१ मा तेजाब आक्रमणबाट घाइते भएकी मुस्कान खातुनले पनि अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड पाएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved