प्रचण्डलाई भेट्न पुगिन् चिनियाँ राजदूत यान्छी, अमेरिकी राजदूत सञ्चारमन्त्री निवासमा

नेपाल भ्युज

प्रचण्डलाई भेट्न पुगिन् चिनियाँ राजदूत यान्छी, अमेरिकी राजदूत सञ्चारमन्त्री निवासमा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी प्रचण्ड निवास खुमलटार पुगेकी छन्।

आसन्न चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका विषयमा छलफल गर्न यान्छी प्रचण्डनिवास पुगेकी हुन्। झण्डै दुई घण्टा लामो छलफलमा दुई देशको सम्बन्धको विषयमा छलफल भएको थियो।

यस्तै आजै अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि सञ्चार तथा सूचनाप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेट्न पुगेका थिए। उक्त भेटमा एमसीसी नेपालको संसद्बाट पारित गर्न सहयोग गरेकोमा राजदूत बेरीले सञ्चारमन्त्री कार्कीलाई धन्यवाद दिँदै कार्यान्वयनका विषयमा छलफल गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved