चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता

फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले हालै पाकिस्तानको पेसावरमा भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेका बताइएको छ।

नेपालभ्युज

चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता

एजेन्सी। चिनियाँ र पाकिस्तानी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ। उनीहरुका बीचमा मंगलबार फोनमा कुराकानी भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्।

चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साश मोहमद कुरेसीबीच फोनवार्ता भएको बताइएको छ।

फोनवार्ताका क्रममा चिनियाँ विदेशमन्त्री यीले हालै पाकिस्तानको पेसावरमा भएको आतंककारी हमलाको कडा शब्दमा निन्दा गरेका बताइएको छ।

त्यस्तै, उनीहरुका बीचमा चीन पाकिस्तान द्विपक्षीय सम्बन्धका साथै अन्य सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो।

त्यस वार्ताका क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले हालै गरेको चीन भ्रमण र त्यहाँ उनले बेइजिङ ओलम्पिकमा सहभागी भएका विषयमा पनि कुराकानी भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved