कांग्रेस अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवा

कांग्रेसले २९ फागुनदेखि स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर देशव्यापी प्रचारप्रसार अभियान सञ्चालन गर्दैछ।

नेपाल भ्युज

कांग्रेस अभियानबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पत्रकार सम्मेलन गर्दैछन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो तीन बजे पत्रकार समेलन राखिएको हो।

कांग्रेसले शुरु गर्न लागेको स्थानीय तह निर्वाचन केन्द्रित अभियानबारे प्रधानमन्त्री देउवाले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने मुख्यसचिव कृष्ण पौडेलले बताए।

कांग्रेसले २९ फागुनदेखि स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर देशव्यापी प्रचारप्रसार अभियान सञ्चालन गर्दैछ।

प्रचारप्रसार अभियानका लागि कांग्रेसले केन्द्रीय नेताहरुलाई ७७ ओटै जिल्लामा खटाउने निर्णय यसअघि नै गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved