नेपाल आउँदै चिनियाँ विदेशमन्त्री वाङ यी, ‘बीआरआई र एमसीसी’बारे छलफल हुने

चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स, बीआरआईलाई कार्यान्वयन चरणमा लैजाने विषयमा सार्थक पहल गर्न यी नेपाल आउन लागेका बताइएको छ।

नेपालभ्युज

नेपाल आउँदै चिनियाँ विदेशमन्त्री वाङ यी, ‘बीआरआई र एमसीसी’बारे छलफल हुने

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन्। विदेशमन्त्री यी दुई दिने नेपाल भ्रमणका लागि चैतको दोस्रो साता नेपाल आउन लागेका हुन्।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ विदेशमन्त्री यी सरकारको निम्तोमा नेपाल आउन लागेका हुन्। यीको भ्रमणले नेपाल र चीनबीच पछिल्लो समय देखिएको असहजतालाई सम्बोधन गर्ने बताइएको छ ।

चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स, बीआरआईलाई कार्यान्वयन चरणमा लैजाने विषयमा सार्थक पहल गर्न यी नेपाल आउन लागेका बताइएको छ।

नेपालको संसद्ले अमेरिकी सहयोग परियोजना एमसीसी पास गरेपछि चीनले पनि आफ्नो परियोजनालाई गति दिने गरी छलफल गर्न लागेको हो। नेपालले यसअघि नै बीआरआईमा समर्थन जनाइसकेको छ।

बीआरआईका लागि सन् २०१४ मा सैद्धान्तिक सहमति जनाएको नेपालले सन् २०१७ मे १२ मा त्यसअन्तर्गतका परियोजनामा हस्ताक्षर गरेको थियो ।

जसअनुसार केरुङ–काठमाडौं रेलमार्ग, रसुवागढी–काठमाडौं सडकमार्ग विस्तार, अरनिको राजमार्ग स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय स्थापनाजस्ता परियोजनाहरु रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved