क्यासिनोले धमाधम बुझाउन थाले रोयल्टी

क्यासिनोको रोयल्टी वर्षौँसम्म पनि नतिर्ने काठमाडौंको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेस गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न शुरु गरेको विभागको दाबी छ।

नेपाल भ्यूज

क्यासिनोले धमाधम बुझाउन थाले रोयल्टी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपछि क्यासिनो सञ्चालन गरेबापत तिर्नुपर्ने रोयल्टी तिर्ने क्रम बढेको छ।

मंगलबारसम्म सरकारको खातामा क्यासिनो कम्पनीबाट ८७ करोड रूपैयाँ राजस्व संकलन भएको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत खेमराज जोशीले जानकारी दिए। उनले भने‚ “रोयल्टी नतिर्ने क्यासिनोलाई कारबाही गर्ने निर्देशन भएसँगै नतिरेकाले पनि तिर्न थालेका छन्।”

मन्त्री आलेले क्यासिनोको रोयल्टी नतिर्नेको लाइसेन्स खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले रोयल्टी तिर्न थालेका पर्यटन विभागले जनाएको छ। पर्यटन विभागका अनुसार हालसम्म कम्तीमा पनि १७ ओटा कम्पनीले रोयल्टी तिर्नुपर्ने बक्यौता बुझाएका छन्।

यता सेन्टर मिडिया प्रालि मिनिक्यासिनोले ६ करोड ५० लाख रूपैयाँ रोयल्टी बुझाएसँगै सरकारको खातामा कम्तीमा पनि ८७ करोड रूपैयाँ रकम जम्मा भएको हो। अझै उक्त प्रालिले दुई करोड ७० लाख ५० हजार रूपैयाँ बुझाउन बाँकी रहेको पर्यटन विभागका होटल तथा क्यासिनो हेर्ने अधिकृत जोशीले जानकारी दिए।

विभागका अनुसार अब सरकारलाई क्यासिनो सञ्चालकले तिर्नुपर्ने बक्यौता जम्मा रकम कम्तीमा ७५ करोड रूपैयाँ मात्रै रहेको छ।

यसैगरी मन्त्री आलेकै निर्देशनमा क्यासिनोको रोयल्टी वर्षौँसम्म पनि नतिर्ने काठमाडौंको दरबारमार्गमा रहेको होटेल याक एण्ड यतीको लाइसेन्स खारेस गरिएपछि अहिले अन्य क्यासिनो सञ्चालकले रकम तिर्न शुरु गरेको विभागको दाबी छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved