देशभर आंशिकदेखि सामान्य बदली

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

नेपालभ्युज

देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं। अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र मधेश प्रदेशको भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। राति भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

भोलि बिहीबार दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी तथा उच्च हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा अपरान्हपछि एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि राति पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, २७ फागुन शुक्रबार दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। राति पनि पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved