महिला हिंसाविरुद्ध पुरुषहरूको प्रतिबद्धता

नेपालभ्युज

महिला हिंसाविरुद्ध पुरुषहरूको प्रतिबद्धता

काठमाडौँ। युवाहरूको एक समूहले मङ्गलबार फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा र्‍याली निकाल्दै महिला तथा बालिकामाथि हुने हिंसाका विरुद्ध प्रतिबद्धता व्यक्त गरेका छन्।

एक दर्जनभन्दा बढी संस्थाहरूको आयोजनामा भएका पदयात्रा ललितपुरको मङ्गलबजारबाट सुरु भई गाबहाल, पुल्चोक हुँदै जावलाखेलमा आई कोणसभामा परिणत भएको थियो।

कोणसभामा बोल्दै युवा अभियानकर्मीहरूले पुरुषहरूले आफ्नो परिवार, समुदाय तथा कार्यस्थलमा रहेका महिलाहरूप्रतिको जिम्मेवारी महसुस नगरेसम्म लैङ्गिक समानता असम्भव रहेको बताए।

पुरुषहरूका अतिरिक्त करिब सय महिलाहरूले समापन भेलामा ऐक्यबद्धता जनाएका थिए।

समापन समारोहमा महिला तथा बालिका विरुद्धको हिंसा कम गर्नमा पुरुषको भूमिका विषयमा कविता वाचनलगायतका क्रियाकलाप पनि भएका थिए। कार्यक्रमको समन्वय गरेको संस्था युवालयका अध्यक्ष सन्तोष महर्जनले यो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताए।

युवालयले २०७० सालदेखि हरेक वर्ष महिला श्रमिक दिवसका दिन यो कार्यक्रम गर्दै आइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved