अस्ट्रेलियन दूतावासले आठ महिला पत्रकारलाई तालिम दिने

नेपाल भ्युज

अस्ट्रेलियन दूतावासले आठ महिला पत्रकारलाई तालिम दिने

काठमाडौं । काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले नेपालका आठजना महिला पत्रकारहरूलाई वृत्तचित्र निर्माण सम्बन्धी तालिम दिने भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा दूतावासले यस्तो घोषणा गरेको हो।

जलवायु जलवायु परिवर्तन कार्यमा महिलाको आवाजलाई बढावा दिने उद्देश्यले यो तालिम सञ्चालन गर्न लागिएको दूतावासले जनाएको छ।

तालिमका लागि नेपाल भ्युजकी सुनिता साखाकर्मीसहित विद्या राई, एनोमा राई, इन्दिरा अर्याल, लक्ष्मी बस्नेत, रूपा गहतराज, श्रुती श्रेष्ठ र तुलसी रौनियार छनोट भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved