त्रिविका पदाधिकारीको राजीनामा माग

नेपालभ्युज

त्रिविका पदाधिकारीको राजीनामा माग

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीहरूको राजीनामा माग गरेका छन्।

एकीकृत प्रगतिशील प्राध्यापक नेपाल संगठनका अध्यक्ष प्रा. डा. गोविन्द सुवेदी, नेपाल राष्ट्रिय प्राध्यापक संगठन सहसंयोजक प्रा.डा.रमेश भट्टराई र प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल अध्यक्ष सह प्रा. जगत तिमिल्सिनाले संयुक्त विज्ञप्ति निकालेर वर्तमान पदाधिकारीहरूको राजीनामा मागेका हुन्।

लामो इतिहास र प्राज्ञिक परम्परा भएको देशकै महत्त्वपूर्ण उच्च शैक्षिक संस्थाका रूपमा त्रिवि रहेको भन्दै पदाधिकारीहरूले राजनीतिक पूर्वाग्रहका आधारमा कार्य गरेको आरोप प्राध्यापकहरूले लगाएका हुन्।

”विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थाका आफ्ना प्राज्ञिक दायित्व हुन्छन् र त्यसको व्यवस्थापनको जिम्मेवारी मूलतः पदाधिकारीमा निहित रहेको हुन्छ। विश्वविद्यालयमा पदाधिकारी शैक्षिक आर्थिक नीति निर्माता, अनुसन्धानको योजनाकर्ता, अन्तर्राष्ट्रियकरणका लागि आवश्यक कार्य गर्ने र समग्र शैक्षिक उन्नयनका लागि काम गर्ने शैक्षिक नेतृत्वकारी भूमिकामा रहेका हुन्छन्। सामान्यतः सबै सरोकारवालाको सहभागिता, अन्तर्क्रिरया र छलफलबाट यसका योजना बनाउने र समस्या समाधान गर्ने प्रचलित मान्यता र परम्पराका आधारमा विश्वविद्यालयको विकास हुने हुँदा यसलाई जटिल शैक्षिक संस्थाका रूपमा रहेको छ,” एकीकृत प्रगतिशील प्राध्यापक संगठन नेपाल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै, विज्ञप्तिमा अगाडि भनिएको छ, ”यस्तो स्थापित परम्परा रहेको विद्यामान अवस्थामा त्रिभुवन विश्वविद्यालयका वर्तमान पदाधिकारी नियुक्त भएपछि राजनीतिक पूर्वाग्रहका आधारमा कार्य गर्ने , विश्वविद्यालयलाई कुनै एक राजनीतिक मान्यताका आधारमा चलेर सरोकारवालाका मत र विचारलाई उपेक्षा गर्ने, आफूखुसी नियम बनाएर नियुक्ति लगायतका प्रक्रियमा समेत प्राज्ञिक मूल्यको अवहेलना गर्ने, आफैँले नियुक्त गरेका प्राध्यापकको अवमूल्यन गरी उनीहरूलाई अयोग्य भन्नसम्म पछि नपर्ने जस्ता अति अप्राज्ञिक, अमर्यादित र उपकुलपतिको स्तरबाट भन्नै नहुने अभिव्यक्ति दिने जस्ता कार्यले हाम्रो ध्यानाकर्षण भएको छ।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved