कोभिड महामारीमा सक्रिय १० संस्था महिला दिवसमा सम्मानित

नेपाल भ्युज

कोभिड महामारीमा सक्रिय १० संस्था महिला दिवसमा सम्मानित

मोरङ । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा कोभिड महामारीको समयमा नागरिकको जीवनरक्षामा सहयोग गर्ने विभिन्न १० संस्थालाई मोरङमा सम्मान गरिएको छ ।

गैरसरकारी संस्था महासङ्घ मोरङद्वारा आज यहाँ आयोजित ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा अन्तक्र्रिया तथा सम्मान कार्यक्रममा सम्मानित हुनेमा एविसी नेपाल, सिविन नेपाल, माइती नेपाल, ओरेक, नेपाल पत्रकार महासङ्घ मोरङ, साना हातहरु, आफन्त नेपाल र हिसान नेपाललगायत रहेका छन्।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले सम्मानित संस्थाहरूलाई प्रशंसापत्र वितरण गर्दै नारीमाथिको विभेदको अन्त्य कानूनी उपचारबाट सम्भव हुने बताए। उनले संविधानमा उल्लेख भएको पक्षलाई कार्यान्वयनमा ल्याउन हामी सबै अवसर हुनुपर्ने जोड दिँदै महिला जागरण अभियानमा मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

महासङ्घका अध्यक्ष राजेन्द्र ढकाल, राष्ट्रिय मानवअधिकार प्रदेशका नितु गड्तौला, विराटनगर महानगरपालिका कार्यकारी अधिकृत उमेश बस्नेत, नेपाल पत्रकार महासङ्घका मोरङ अध्यक्ष सञ्जीव खनाल, एविसी नेपालका विष्णु पन्त शर्मा, हिसानका भेषराज पोखरेल, सरस्वती दनुवार र सीता पोखरेलले तीन तहको सरकारले महिला हकअधिकार स्थापित गराउन राज्य संयन्त्रमा अत्यधिक प्रतिनिधित्व गराउनुपर्ने धारणा व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved