महोत्तरीमा सुमोले ठक्कर दिँदा बालकसहित दुई जनाको मृत्यु

नेपालभ्युज

महोत्तरीमा सुमोले ठक्कर दिँदा बालकसहित दुई जनाको मृत्यु
सांकेतिक तस्वीर

महोत्तरी। महोत्तरीमा सुमोले मोटरसाइकलाई ठक्कर दिँदा एक बालकसहित दुई जनाको ज्यान गएको छ।

ज्यान जानेमा मोटरसाइकल चालक महोत्तरीको गौशाला नगरपालिका २ बस्ने वर्ष २२ का संजित मण्डल र सम्सी गाउँपालिका १ पर्सा बस्ने प्रबोध मण्डलका छोरा १२ वर्षीय धीरज मण्डल रहेका छन्।

सोमबार साँझ साढे ७ बजेको समयमा औरही नगरपालिका ४ कठुधार स्थित माईस्थान सम्सी गौशाला सडक खण्डमा सम्सीबाट गौशालातर्फ आउँदै गरेको अनटेस्ट मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र।२०२००१ च।०८४१ नम्बरको सुमो ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक युवक संजित र पछाडि सवार बालक धिरज गम्भीर घाइते भएका थिए। दुवैलाई उपचारका लागि जलेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले दुवैलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

शवहरू पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved