एजेन्सी। रूसले गरेको आक्रमण छल्न युक्रेनबाट ११ सय किलोमिटर लामो यात्रा गरेर स्लोभाकियाको सीमासम्म पुगेका एक ११ वर्षीय बालकले अन्ततः आफ्ना आफन्तलाई भेटेका छन्। यी बच्चा यति लामो ट्रेन यात्रामा एक्लै थिए। उनीसँग एउटा प्लास्टिक ब्याग, परिचयपत्र र हातमा लेखिएको स्लोभाकियाको एक मोबाइल नम्बरमात्रै थियो।
यी बच्चा जपोरिझिया इलाकाका हुन्, जहाँ युरोपकै ठूलो न्युक्लियर प्लान्ट छ। यस प्लान्टको रेडियशनको खतराका कारण यहाँबाट ठूलो संख्यामा मानिसहरू पलायन भइरहोक छन्।
बच्चालाई बचाउनका लागि उसकी आमाले ११ सय किलोमिटर टाढा स्लोभाकिया पढाएकी हुन्। यी बच्चाकी आमा भने आफ्नी वृद्ध आमाको स्याहारमा छिन्। त्यसैले उनी बच्चासँगै जान पाइनन्।
यात्राका दौरान भेटिएका मानिसहरूले बच्चालाई हेरचाह गरेका थिए। उनीहरूले नै यी बच्चालाई खाना दिएका थिए। स्लोभाकिया बोर्डरमा यी बालकलाई देखेपछि सुरक्षाकर्मी पनि चकित भए।
उनीहरूले बच्चाको हातमा लेखिएको मोबाइल नम्बरमा फोन गरेर स्लोभाकियाको राजधानी ब्रातिस्लाभा बस्ने उनका आफन्तहरुलाई बोलाए, अनि बालकको जिममा लगाए।
बच्चाकी आमाले आफ्नो छोराको यात्रा सफल भएपछि स्लोभाकिया सरकारलाई धन्यवाद् दिन म्यासेज पनि पठाएकी छिन्।
स्लोभाकियाको गृहमन्त्रालयले यी बालकको तस्वीर फेसबुकमा पोस्ट गर्दै बच्चालाई सहासी र निडर भनेको छ। यो पोस्टमा बच्चालाई रियल हिरो भनिएको छ। ”यति लामो यात्रा एक्लै गर्दा पनि उनको अनुहार मुस्कान र निडरता थियो,” एक अधिकारीले भने।