एमसीसी स्वीकार्दैमा नेपालमा लागू हुँदैनः मन्त्री झाँक्री

अरू धेरै देशले सो सम्झौता स्विकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो त ? भनी एमसीसीका आचोजकहरूलाई प्रश्नसमेत उनले प्रश्न गरिन्।

नेपालभ्युज

एमसीसी स्वीकार्दैमा नेपालमा लागू हुँदैनः मन्त्री झाँक्री

काठमाडौं। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसी स्विकार गर्दैमा अमेरिकी प्राधिकरण नेपालमा लागू नहुने बताएकी छन्। अरू धेरै देशले सो सम्झौता स्विकार गरेको स्मरण गराउँदै ती देशहरूले कुरा नबुझेको हो त ? भनी एमसीसीका आचोजकहरूलाई प्रश्नसमेत उनले प्रश्न गरिन्।

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा झाँक्रीले विश्वका आधा देशमा एमसीसी लागू हुँदा पनि हाम्रो देशमा भने सार्वभौमिकताको कुरा उठाएर चिन्तित भएको भन्दै आपत्ति जनाइन्।

सरकारले स्विकार गरेर ल्याएको एमसीसी अनुदान सहायता भएको उल्लेख गर्दै उनले त्यसलाई मुलुकको सार्वभौमिकतासँग जोडेर हेर्न नहुने तर्कसमेत दोहोर्‍याइन्। मन्त्री झाँक्रीले भनिन्, “एमसीसी सरकारले स्विकार गरेर ल्याएको अनुदान हो, सहायता हो। यसलाई संसदमा डिबेट गरेर पास गरियो। अब हामीले गफ गरेजस्तै एमसीसी स्विकार गर्दैमा अमेरिकन प्राधिकार यहाँ लागू हुने हो त ? त्यो हो भने त हामीभन्दा अर्को आधा दुनियाँ त हुन्छ भन्ने छ नि त। उनीहरूले के कुरा नबझुको हो ? हामी मात्रै सोभरेन्टीको लागि यति साह्रो चिन्तित भएको हो त ? त्यसो त नहोला।”

मन्त्री झाँक्रीले एमसीसी संसदमा डिबेट भएर पास गरिएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको पनि दोहोर्‍याइन्। महिला हिंसा अन्त्यका लागि तय गरिएको कानून, नीति र कार्यक्रममा पनि परिमार्जन गरेर अघि बढनुपर्नेमा जोड दिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved