एमसीसीबारे गृहमन्त्री खाण भन्छन्: अमेरिकी सेना आउँदैन, तारबाट बिजुली आउँछ

उनले एमसीसीले राष्ट्रियता बलियो बनाउने बताए।

नेपालभ्युज

एमसीसीबारे गृहमन्त्री खाण भन्छन्: अमेरिकी सेना आउँदैन, तारबाट बिजुली आउँछ

बुटवल। गृहमन्त्री बालकृष्ण खाणले संसद्बाट एमसीसी पारित गरेपछि अन्तर्राष्ट्रिय क्षेत्रमा कांग्रेसप्रतिको भरोसा बढेको बताएका छन्। एमसीसी राष्ट्रको हितमा छैन, एमसीसी पास भए खालि चौरमा अमेरिकी आउँछ भन्ने भ्रम फैलाइएकोमा वास्तवमा एमसीसी नेपाल र नेपालीको हितमा रहेको दाबी गरे।

राष्ट्रियता कमजोर बनाउने प्रस्ताव आफूहरूले स्वीकार नगर्ने बताउँदै उनले एमसीसीले राष्ट्रियता बलियो बनाउने बताए। ‘‘प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षमा रहँदा नै भन्नुभएको थियो, एमसीसी नेपालको हितमा छ, अमेरिकी सेना आउँदैन, राष्ट्रियतालाई बलियो बनाउँछ,” उनले भने, ‘‘एमसीसीले बिजुलीको तारबाट बिजुली आउँछ, सेना आउँदैन।”

उनले स्थानीय तहको निर्वाचन ३० बैशाखमै हुने दाबी गरे। स्थानीय तहमा कांग्रेसले जितेमा प्रदेश र प्रतिनिधिसभामा कांग्रेसको पकड बलियो बन्ने र कांग्रेस नेतृत्वमा आए मुलुकको विकाश अघि बढ्ने उनले बताएका थिए।

कार्यक्रममा कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाण, संविधानसभा सदस्य इस्तियाक अहमद खान, जन्नतुन निसा, प्रदेशसभा सदस्य पुष्पा थरुनी लगायतले बोल्दै आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने बताए।

कार्यक्रममा क्षेत्र नम्बर ३ का ३६ ओटै वडाबाट विभिन्न पार्टी परित्याग गरी १ हजार जना बढी कांग्रेसमा प्रवेश गरेको क्षेत्र नम्बर ३ का सचिव लेखनाथ भट्टराईले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved