एमसीसीको कलहमा फस्यो माओवादी, पदाधिकारी छनोट प्राथमिकताबाहिर

नेपालभ्युज

एमसीसीको कलहमा फस्यो माओवादी, पदाधिकारी छनोट प्राथमिकताबाहिर

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको आजको बैठक सकिएको छ। शुक्रबारदेखि आइतबारसम्म बस्ने निर्णय भएको पार्टीको केन्द्रीय समितिको आगामी बैठक आइतबार बस्ने पार्टीले निर्णय गरेको छ।

आन्तरिक छफलफलाई बढाउने बताउँदै शनिबार पनि बस्ने भनिएको पार्टीको केन्द्रीय समितिको बैठक अब आइतबार मात्रै बस्ने भएको हो।

पार्टीको दोस्रो केन्द्रीय समितिको बैठकबाट पार्टीमा चयन हुन बाँकी रहेका पदाधिकारीको निर्णय गर्ने बताइए पनि त्यसको सम्भावना कम देखिएको पार्टीका एक नेताले बताए। पदाधिकारीलगायत मुद्दालाई टुंगो लगाउन बोलाइएको केन्द्रीय समितिको बैठकले मुख्य मुद्दा नै सम्बोधन नगर्ने सम्भावना बढी रहेको छ,” ती नेताले भने।

शुक्रबार बसेको बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र अर्का नेता नारायणकाजी श्रेष्ठले आफ्नो आजको बैठक विशेषगरी अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा बढी केन्द्रित रह्यो। अध्यक्ष दाहालले एमसीसी पारित गर्नुपर्ने कारणबारे केन्द्रीय सदस्यलाई रिर्पोटिङ गरेका थिए।

बैठकमा एमसीसीबारे व्यापक छलफल भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाएरै भए पनि एमसीसी पारित गर्ने अवस्थामा पुगेको थाहा पाएर नै आफू एमसीसी पारित गर्ने निर्णयमा पुगेको दाहालको दाबी थियो। गठबन्धन जोगाउनुपर्ने अवस्था र ओलीलाई प्रधानमन्त्री हुन नदिनकै लागि पनि एमसीसी पारित गर्नुपरेको हो,” दाहालले भने। यद्यपि व्याख्यात्मक घोषणासहित एमसीसी पारित गराउनसक्नुलाई उपलिब्धका रूपमा लिनुपर्ने दाहालले बताए।

नेता श्रेष्ठले लिखित मन्तव्य राख्दै अध्यक्ष दाहालमा वैचारिक पतन आएको र व्यक्तिवादी प्रवृत्ति हाबी भएको आरोप लगाएका छन्। एमसीसी पारित गर्नुलाई गल्ती भएको बताउँदै नेता श्रेष्ठले त्यसको मूल्य भविष्यमा तिर्नुपर्ने जिकिर गरेका छन्।

शुक्रबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहाल र नेता श्रेष्ठले मात्रै बोलेका छन् भने अन्य नेताले आइतबारको बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका नेता पेशल खतिवडाले जानकारी दिए।

पार्टीको केन्द्रीय समितिको बैठक बस्नुअघि माओवादी केन्द्र फुटको नजिक रहेको बताइए पनि बैठकपछि भने त्यो सम्भावना टरेको बुझिएको छ। पार्टीका अर्का नेता एवं प्रमुख सचेतक देव गुरुङले पार्टी एक ढिक्का भएर अघि बढ्ने बताएका छन्।

एमसीसी पारित भएसँगै पार्टीका केही समस्या देखिए पनि त्यसले पार्टी नै विभाजन भने नगर्ने उनले बताए।

केन्द्रिय समितिको बैठकले पार्टीका नियुक्त हुन बाँकी पदाधिकारीका विषयमा टुंगो लगाउने अनुमान गरिएको थियो। बैठकको एजेण्डामा उक्त विषय परे पनि छिनोफोनो हुने सम्भावना भने कम देखिएको ती नेताले भने।

“केन्द्रीय समितिको बैठकलाई एमसीसी पारित भएपछिको परिस्थितिका मूल्यांकन गर्दै समापन गर्ने सम्भावना बढी देखिएको छ,” पूर्वस्थायी समिति सदस्यसमेत रहेका ती नेता भन्छन्, “पदाधिकारीको विषय टुंगो लगाउने भए शनिबार पनि बैठक बस्ने थियो। शनिबार बैठक नगर्नु भनेको नै पदाधिकारी चयनको विषयलाई थाँती राख्ने काम हुनसक्छ।”

पार्टीले एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष चयन गर्न बाँकी छ। १५ सदस्यीय पदाधिकारीमा अध्यक्ष बाहेकका अन्य पदपूर्ती हुन बाँकी रहेको छ।

पदाधिकारीमध्ये महासचिव पदमा धेरै नेताको चासो हुँदा पनि यो विषय टुंगो लाग्न समय लागेको हो। महासचिव पदमा जर्नादन शर्मा र वर्षमान पुनले बढी दाबी गरेका छन् भने पम्फा भुसालले पनि आफू पनि महासचिव पदको दाबेदार भएको बताएकी छन्।

प्रचण्डमा वैचारिक समस्या देखियोः नारायणकाजी

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved