एनएसएल : काठमाडौंको मार्की प्लेयरमा विकेशकै निरन्तरता

गतवर्ष फाइनलमा धनगढीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको थियो।

नेपालभ्युज

एनएसएल : काठमाडौंको मार्की प्लेयरमा विकेशकै निरन्तरता
?

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्सले मर्की प्लेयरको रुपमा गोलकिपर विकेश कुथुलाई निरन्तरता दिएको छ।

बिहीबार पत्रकार सम्मेलनमार्फत काठमाडौंले यो सिजनको मार्की प्लेयर र प्रशिक्षक सार्वजनिक गरेको छ। प्रशिक्षकमा पनि काठमाडौंले बालगोपाल महर्जनलाई नै निरन्तरता दिएको छ।

गत वर्षदेखि शुरु भएको यो फेन्चाइज लिग फुटबल प्रतियोगिताको पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले विकेश कै कप्तानीमा जितेको थियो।

अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा नेपाल इभेन्ट म्यानेजमेन्ट कम्पनीले यो प्रतियोगिताको आयोजना गर्न लागेको हो।

यो संस्करणका खेलहरु आगामी ८ अप्रिलदेखि दशरथ रंगशालामा सञ्चालन हुनेछ।

?

गतवर्ष फाइनलमा धनगढीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको थियो।

“यो वर्ष पनि गतवर्ष जस्तै टिम कम्बिनेशन र टिम एकता राम्रो छ। हाम्रो उपाधि रक्षा गर्ने नै प्रमुख लक्ष्य छ,” कार्यक्रममा काठमाडौंका कप्तान कुथुले भने।

एनएसएलको लागि खेलाडीको अक्सन शुक्रबार हुँदैछ। गतवर्ष नेपालका विभिन्न शहरकेन्द्रित सात टिम लिगमा समावेश थिए भने यो पटक लिगमा तीन टिम थप गरी टिम संख्या १० पुर्याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved