नेपाल सुपर लिग अक्सनको खेलाडी सूची सार्वजनिक

अखिल नेपाल फुटबल संघको टेक्निकल सहयोगमा गतवर्षदेखि यो लिग शुरु भएको थियो।

नेपालभ्युज

नेपाल सुपर लिग अक्सनको खेलाडी सूची सार्वजनिक

काठमाडौं। नेपाल सुपर लिग फुटबल (एनएसएल) को यो सिजनको खेलाडी अक्सनको सूची सार्वजनिक भएको छ।

दोस्रो संस्करणको नेपाल सुपर लिगको अक्सनका लागि आयोजकले मंगलबार खेलाडी वर्गीकरणसहितको सूची निकालको हो।

उक्त सूचीमा कुल २४२ खेलाडीको नाम रहेको छ। नाम भएका खेलाडीहरुलाई अक्सनमा जान तयार भएमा नाम दर्ताका लागि आह्वान गरिएको छ।

एनएसएलको खेलाडीको अक्सन आगामी शुक्रबार हुनेछ।

यो सूचीमा ‘ए’ श्रेणीमा ४०, ‘बी’ श्रेणी र ‘सी’ श्रेणी दुवैमा १०१ खेलाडी समावेश छन्।

एनएसएल नेपालको फ्रेन्चाइज लिग फुटबल प्रतियोगिता हो। अखिल नेपाल फुटबल संघको टेक्निकल सहयोगमा गतवर्षदेखि यो लिग शुरु भएको थियो।

गत वर्ष नेपालका विभिन्न शहरकेन्द्रित सात टिम लिगमा सहभाग थिए भने काठमाडौं रोजर्सले उपाधि जितेको थियो।

यो पटक लिगमा तीन टिम थपिएका छन्। यससँगै लिगमा यसपटक १० टिम सहभागी हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved