सभामुख र माधव नेपालहरूलाई जोगाउन एमसीसी पास गर्न तयार भयौँ : प्रचण्ड

प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत १४ जना सांसदहरुको पद जोगाउनका लागि आफू एमसीसी पास गर्न सहमत भएको बताए।

नेपालभ्युज

सभामुख र माधव नेपालहरूलाई जोगाउन एमसीसी पास गर्न तयार भयौँ : प्रचण्ड
फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्नका लागि तयार हुनुपछाडिको कारण खुलाएका छन्।

प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत १४ जना सांसदहरुको पद जोगाउनका लागि आफू एमसीसी पास गर्न सहमत भएको बताए।

माअ‍ोवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा हुँदा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने र सभामुख तथा अध्यक्ष नेपालसहित १४ सांसद्को पद जाने भएकाले आफूहरुले एमसीसीस पास गराउने र गठबन्धन जोगाउने निर्णय गरेको प्रचण्डको भनाइ छ।

प्रचण्डले एमसीसीको विपक्षमा रहेका सांसदहरुलाई बुझाउनका लागि सभामुख र नेपालसहितको पदको कुरा भनेका हुन्। आफूहरुले व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने भनेकाले यसलाई गलत अर्थमा नबुझ्न पनि उनले आग्रह गरे।

प्रचण्डले पछिल्लो समय आफूहरु एमसीसीको विपक्षमा रहँदा बालुवाटार र बालकोट नजिक हुने देखिएपछि एमसीसी पास गर्न सहमत भएको बताए। उनले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीबीच बाक्लो भेटघाट शुरु भएपछि आफूहरु एमसीसीको पक्षमा जानु परेको उनले बताए।


Comment

4 thoughts on “सभामुख र माधव नेपालहरूलाई जोगाउन एमसीसी पास गर्न तयार भयौँ : प्रचण्ड

  1. यी पदका भोका हुन् भन्ने कुरो पहिले नै थाहा भएको हो । नेकपा एमालेले त बुझेकै हो, जनताले पनि राम्ररी बुझ्नु पर्छ अब ।

  2. राष्ट्र घाती MCC. अनुमोदन गराउनु नेपाल आमा प्रती गरिएको घात हो । यो MCC. अनुमोदन भएको दिन २०७८/११/१५गतेलाई कालो दिनको रूपमा नेपाली जनताले नेपाली इतिहासको पानामा लेख्ने छ्न । जसरी दोस्रो विस्वयुद्दको अन्त्य तिर साम्राज्यवादको नाइके अमेरिकाले जापानको नागासाकी र हिरोसिमामा बम वर्षाएर निहत्था जापानी नागरिकहरुको नर्सम्हार गरेको थियो । त्यस दिनलाई जापानी नागरिकहरुले कालो दिनको रूपमा स्मरण गर्दै आएका छन ।

  3. यसरी खुलेआम Mcc पद सँग सारेको भन्न लाज लागेन??
    पद गुमायर mcc फेल गरायको भय जनप्रिय हुन्थ्यौ की? फेरि चुनाव जित्थ्यो की??
    कि भने हामीले बुझेनछौ, वास्तवमा mcc ठीक रहेछ भन्न सक! यस्तो ढुलमुल???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved