च्याम्पियन्स लिग फुटबल

कोम्यानले अन्तिम मिनेटमा हारबाट जोगाए बायर्नलाई

साल्सबर्गको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई हारबाट जोगाउन खेलको ९० औँ मिनेटमा किंग्स्ले कोम्यानले गोल गरे।

नेपालभ्युज

कोम्यानले अन्तिम मिनेटमा हारबाट जोगाए बायर्नलाई

काठमाडौं। यूईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा जर्मन जायन्ट बायर्न म्युनिख हारबाट जोगिएको छ।

निकै प्रतिस्पर्धात्मक खेलमा बायर्नले अस्ट्रियाको क्लब आरबी साल्सबर्गसँग ११ गोलको बराबरी खेलेको हो।

साल्सबर्गको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई हारबाट जोगाउन खेलको ९० औँ मिनेटमा किंग्स्ले कोम्यानले गोल गरे।

त्यसअघि, साल्सबर्गका लागि चुकुबुइके अदमुले खेलको २१ औँ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

अवे खेलमा अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखेको बायर्नले जित भने निकाल्न सकेन। दुई क्लबबीच अर्को खेल ९ मार्चमा बायर्नको मैदानमा हुनेछ।

बायर्न ६ पटकको च्याम्पियन हो भने साल्सबर्गले पहिलो पटक च्याम्पियन्स लिगको नकआउटमा स्थान बनाएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved