जागिर लगाइदिने भन्दै १८ लाख ठग्ने पक्राउ

ट्याक्सी चलाएर खासै प्रगति नहुने भन्दै उनले यूएनमा जागिर लगाउने प्रलोभन देखाइ चालकको कागजपत्र र फोटोसहित केही रकम मागे।

जागिर लगाइदिने भन्दै १८ लाख ठग्ने पक्राउ
सांकेतिक तस्वीर

पोखरा।  एक साताअघि पोखरामा चिटिक्क परेका भद्र देखिने एक पुरुष यात्रुले ट्याक्सी रोके। उनले ट्याक्सी ड्राइभरलाई पोखराको लेकसाइडको एक होटेलमा पुर्‍याइदिन भने। होटेलमा पुगेपछि ट्याक्सी चालकलाई पनि उनले त्यही होटेलमा बस्न आग्रह गरे।

भोलिपल्ट पनि ती पुरुषले ट्याक्सी चालकलाई बोलाएर अघिल्लो दिनको जस्तै होटेलमा लिएर गए। ट्याक्सी चलाएर खासै प्रगति नहुने भन्दै उनले यूएनमा जागिर लगाउने प्रलोभन देखाइ चालकको कागजपत्र र फोटोसहित केही रकम मागे। चालकले यूएनमा जागिर पाउने आशाले केही रकम दिए। पैसा र कागजपत्र लिएर छुटेको केही समयमा नै यात्रीले प्रयोग गर्दै आएको नम्बर अफ गरे।

यसरी जागिर मिलाइदिने भन्दै कागजपत्र र केही रकम असुल्दै सिम परिवर्तन गर्दै चालकलाई ठग्दै आएको उजूरी जिल्ला प्रहरी कार्यालय कास्कीसम्म पुग्यो। ती यात्रीको योजनामा पोखराका केही ट्याक्सी चालक टगिएको शंका प्रहरीले गर्‍यो।
यूएनमा जागिरको प्रलोभन देखाएर पोखराका ट्याक्सी चालकलाई टगी गरेको आरोपमा कास्की प्रहरीले बुटबलबाट प्रक्राउ गरी सार्वजानिक गरेको छ।

यूएन र बैंकको कर्मचारी भनेर ठगी गर्ने डोटीको सयल गाउँपालिका २ घर भएका २६ वर्षीय दिनेश सिंहलाई कास्की प्रहरीले पक्राउ गरेको हो। कास्की प्रहरीले बुटबल ९ मिलनचोकबाट पक्राउ गरिएको जनाएको छ। कास्की प्रहरीले इलाका प्रहरी कार्यालय रुपन्देहीसँगको समन्वयमा पक्राउ गरी मंगलबारसाँझ सार्वजानिक गरेको हो।

कास्की प्रहरीका अनुसार सिंहले १८ लाख ८५ हजार रुपैयाँ ठगी गरेर फरार रहेका थिए। उनलाई पोखराका बिनोद विक, होमबहादुर नेपाली, बुद्धिप्रसाद अधिकारी, स्याङ्जा फेदीखोला गाउँपालिकाका युके गुरुङ, पोखरा रत्नचोकका युवराज पौडेल लगायतलाई जागिरको प्रलोभन देखाएरु रकम टगी गरेको आरोप छ। सोही उजुरीपछि कास्की प्रहरीले सोमबार बिहान सिंहलाई पक्राउ गरी पोखरा ल्याएको थियो।

प्रहरीले उनको साथबाट १ थान ल्यापटप, २ थान मोबाइल, पहेलों रंगको १ थान सिक्री, २ औठी, विभिन्न ६ थान सिमकार्ड, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, विभिन्न व्यक्तिको नागरिकता, कागजात र नगद ६७ हजार रुपैयाँ सहित बरामद गरेको छ। कास्कीमा १९ लाख ठगे पनि नेपालभर ६० लाख रुपैयाँ ठगी गरेको कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीले बताए। उनले काठमाडौं, मकवानपुर, चितवन, बाजुरा, ललितपुर र धनगढी लगायत जिल्लामा पनि ठगी गर्दै हिडेको प्रहरीले जनाएको छ। पक्राउ सिंहलाई ७ दिनको म्याद थपेर आवश्यक अनुसन्धान कार्य अगाडि बढाउने प्रवक्ता तिवारीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved